भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै « Khabarhub

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५०३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

भारतमा कोरोनाभाइरस सङ्क्रमणको अहिलेसम्म पाँच लाख १५ हजार ८७७ को मृत्यु भएको छ । तीमध्ये २७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । ती मध्ये केरला राज्यमा मात्र १५ जनाको मृत्यु भएको समाचारमा जाइएको छ । भारतमा हालसम्म कूल कोरोना सङ्क्रमितको संख्या चार करोड २९ लाख ९३ हजार ४९४ रहेको समाचारमा जनाइएको छ ।

योसँगै भारतमा अहिले सक्रिय सङ्क्रमितको संख्या भने ३६ हजार १६८ रहेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको शून्य दशमलब ८ प्रतिशत रहेको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार ३७७ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ४१ हजार ४४९ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८ दशमलब ७२ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।
गत आइतबार एकै दिनमा भारतमा पाँच लाख ३२ हजार २३२ को कोरोना परीक्षण गरिएको जनाइएको छ । भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ ।

भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८० करोड १९ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ०७ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि