प्रचण्ड र नेपाल कम्युनिष्ट आन्दोलनको मुख्य खलनायक : उपाध्यक्ष पौडेल « Khabarhub

प्रचण्ड र नेपाल कम्युनिष्ट आन्दोलनको मुख्य खलनायक : उपाध्यक्ष पौडेल


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रचण्ड र माधव कुमार नेपाल कम्युनिष्ट आन्दोलनको मुख्य खलनायक भएको आरोप लगाएका छन्।

सोमबार नेकपा एमाले बुटवल उपमहानगर कमिटिले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन अदालतलाई समेत दुरुपयोग गरेको आरोप लगाए।

उपाध्यक्ष पौडेलले नेकपा एमालेलाई फुटाउन देशी विदेशी प्रतिगामी शक्तिहरु लागेको बताउदै प्रचण्ड र माधव कुमार नेपाल प्रतिगामी शक्तिहरुको मतियार बनेको जिकिर गरे । उनले वामपन्थी शक्तिको सरकार गिराएर कांग्रेसको पछि लागेका प्रचण्ड र माधव कुमार नेपालले नेपालको कम्त्युनिष्ट आन्दोलनमा धेरै ठूलो अपराध गरेको बताए।

जनताले उनीहरुलाई माफी दिन नसक्ने बताउँदै नेता पौडेलले नेपाली कम्युनिष्ट आन्दोलनलाई धोका दिनेहरु समाप्त भएर जाने ठोकुवा गरे । उपाध्यक्ष पौडेलले नेकपा एमालेले देश र नेपाली जनताको सम्बृद्धि विकास चाहेको उल्लेख गर्दै जनताले आगामी चुनावमा प्रतिफल दिने बताए ।

पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलले प्रतिगामी शक्तिहरुका मतियारहरुले अदालतबाट सरकार गठन गरेर अदालतकै धज्जी उडाएको बताउँदै यसमा मुख्य दोष प्रचण्ड माधवको नै रहेको दाबी गरे।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : १० बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई