आईपीएलमा मुम्बईको लगातार पाँचौ हार « Khabarhub

आईपीएलमा मुम्बईको लगातार पाँचौ हार


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार पाँचौं हार व्यहोरेको छ।

बुधबार राति पुनेमा भएको खेलमा मुम्बई पन्जाब किङ्ससँग १२ रनले पराजित भएको हो।

१९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो ।

मुम्बईका देवल ब्रेभिसले सर्वाधिक ४९ रन बनाए । सूर्यकुमार यादवले ४३ रनको योगदान गरे ।

पन्जाबका ओडिन स्मिथले ४ तथा कागिसो राबडाले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १९८ रनको योगफल तयार पार्यो ।

पन्जाबका शिखर धवनले सर्वाधिक ७० रन बनाए । कप्तान मायांक अग्रवालले ५२ रनको योगदान गर्दा मुम्बईका बसिल थाम्पीले २ विकेट लिए ।

जितसँगै पन्जाब ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । मुम्बईले ५ खेलबाट बिना अंक पुछारमा छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ६ : ४९ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका