मानवता विरोधी अपराधमा अग्रणी रुस | Khabarhub Khabarhub

मानवता विरोधी अपराधमा अग्रणी रुस


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संसारका धेरै देशमा अहिले सुरुङ बममाथि प्रतिबन्ध लागेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले यसलाई वर्जित मात्र गरेको छैन, मानवता विरुद्धको अपराध समेत ठहर गरेको छ । युक्रेनमा रहेको क्रामान्टोस्टक रेल्वेमा अहिले रुसले सुरुङ बम बिछ्याएपछि अन्तर्राष्ट्रिय क्षेत्रबाट रुसको तीव्र आलोचना गरिएको छ ।

यसरी बिछ्याइएका बमको प्रभाव फराकिलो क्षेत्रसम्म पर्न सक्नेछ । त्यो स्टेसनमा मिसाइल पड्किँदा करिब ५० जनाको ज्यान गइसकेको छ । ९ अप्रिलका दिन धेरै जना पूर्वी युक्रेनीले देश छाड्न हतार गरिरहेको समयमा त्यस्तो विस्फोट भएको थियो । संसारका १ सय २० भन्दा बढी देशले यस किसिमको ‘ क्लस्टर म्युनीसन ’ प्रयोग नगर्ने सर्त र सन्धिमा हस्ताक्षर गरेका छन् । सो सन्धिमा युक्रेन र रुसको भने हस्ताक्षर छैन ।

मुख्य युद्धग्रस्त क्षेत्रमा कसैको सम्पर्क हुने बित्तिकै पड्किने गरी यस किसिमको विस्फोट भएका छन् ।  वासिङ्टन पोस्टका पत्रकारहरू त एकैपटक चार या पाँच पटक विस्फोट भएको आफूहरूले सुनेको बताउँछन् । यो आवाजले सुरुङ बम भएको प्रस्ट भएको थियो ।

सोभियत युगको अन्त्यपछि यसरी बम राखिने प्रचलनको सुरुवात भएको थियो ।  युद्धमा यस किसिमको आक्रमण गर्ने तयारी रुसले पहिलेदेखि नै गरेको थियो । युक्रेनसँग पनि यस किसिमको हतियार भएको जनाइन्छ । रुसले डोहान्सक र लुहान्सकमा यस किसिमको आक्रमण गरेको नकारेको छ । परन्तु, यस्ता आक्रमण भएको प्रशस्त आधार फेला परेका छन् ।

रोयल युनाइटेड सर्भीया इन्स्टिच्युटका कार्यरत सिद्धार्थ कौशल टोक्स मिसाइलबाट प्रयोग गर्न सकिने नाइनएन २४ नामक विष्फोटक पदार्थ त्यहाँ राखिएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले त्यहाँ राखिएको सबै कुराको भिडियो र फोटो लिन प्रयास गरे पनि यसमा पूर्ण सफलता पाएको थिएन ।

त्यस क्षेत्रमा रहेका आम मानिसको जीवनमा धेरै नै क्षति हुने ठहर गर्दै मानव अधिकारवादी सङ्गठनले यसलाई प्रतिबन्ध लगाएका छन् ।

यस हतियारले ४ सय मिटरको अर्ध ब्यासको क्षेत्रमा ५० वटा बम एकैपटक विस्फोट गराउन सक्छ । यो नागरिकको जीवनमा सबैभन्दा बढी घातक मानिन्छ । यो सोभियत मिसाइल टोक्छासँग सम्बन्धित छ ।

सन् २००८ को महासन्धिले नै क्लस्टर म्युनिसनलाई वर्जित गरेको हो । यस अभिसन्धिमा रुस र युक्रेनले भने हस्ताक्षर गरेका छैनन् ।

युद्ध सुरु भएयता रुसले मानवताका कुनै आधार नै बाँकी राखेको छैन । यसै युद्धमा अस्पतालमा आक्रमण गरियो भने सयौँ बालबालिकाको समेत ज्यान गएको छ । सर्वसाधारणलाई लक्षित गर्दै गरिएका प्रहारका धेरै समाचार प्रकाशमा आइसकेका छन् ।

कति सर्वसाधारणको ज्यान गएको छ भन्ने यकिन हुन सकेको छैन । संयुक्त राष्ट्र सङ्घले भने पछिल्लो समय १ हजार ८ सय सर्व साधारणको ज्यान गएको जनाएको छ । यसैगरी २ हजार ८ सयभन्दा बढी घाइते भएका छन् । सबै ठाउँको तथ्याङ्क आउन बाँकी रहेकाले योभन्दा धेरै बढी सर्वसाधारणको ज्यान गएको पनि हुन सक्ने अनुमान गरिएको छ ।

अहिले रुसी सेनाले पूर्वी युक्रेनलाई आफ्नो लक्ष्य बनाएको छ । दक्षिण पूर्वी सहर इजुमलाई रुसले आफ्नो लक्ष्य बनाएको छ । अहिले युद्ध भइरहेको समयमा ५० हजारभन्दा बढी घरहरू रहेका कारण सो स्थानमा पनि धेरै क्षति हुनसक्ने अनुमान गरिएको छ ।

२४ मार्चमै विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको विज्ञप्ति अनुसार रुसले ६४ वटा अस्पतालमा आक्रमण गरेको थियो । २४ फेब्रुअरी देखि २१ मार्चको बीचमा दैनिक दुई या तीन अस्पतालमा रुसी सेनाले आक्रमण गरेका थिए । हरेक दिन अस्पतालमा भएका आक्रमणका कारण कम्तीमा १५ जनाको ज्यान गएको त्यो रिपोर्टमा उल्लेख थियो ।

रुसी आक्रमणमा परेको मारीओपुलको प्रसूति अस्पताल । तस्बिर : बिबिसी

‘यसरी अस्पतालमा आक्रमण हुनु मानवतावादी कानुनको बर्खिलाप हो । तर, रुसी सेनाले यसलाई निरन्तरता दिइरहेका छन्‌,’ युक्रेनस्थित राष्ट्र सङ्घका प्रतिनिधि डा. जार्नओ राबिटले भनेका छन् ।

युक्रेनले पनि रुसले अस्पताल र स्वास्थ्य क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको छ ।  रुसले प्रसूति गृहमा समेत लगातार आक्रमण गरेको छ । मारीओपुलमा त मानवता विरोधी आक्रमणको शृङ्खला नै देखिएको थियो । खार्कीभ, किभ र मारीओपुलमा नागरिकहरू जमिनमुनिको बङ्करमा लुकेर ज्यान जोगाएको धेरै भयो ।

संसारमा धेरै देशले रुसले यसरी मानवता विरोधी गतिविधि गरेको जनाउँदै यसको विरुद्धमा आवाज उठाउँदै आएका छन् । परन्तु, यस घटनाले यसले रुसलाई कुनै प्रभाव पारेको छैन ।

अहिले युद्धग्रस्त क्षेत्रमा औषधि अभाव त्यत्तिकै छ । औषधि खरिद गर्न गएका धेरे जनाको ज्यान गइसकेको छ । रुसले भने अझै पनि सर्वसाधारणमाथि आफूहरूले हमला गरेको कुरालाई अस्वीकार गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनकै अनुसार आक्रमणको पहिलो महिनामा नै १ हजारभन्दा बढी स्वास्थ्य संस्था बन्द भएका थिए । यसरी बन्द हुनेमा स्थानीय तहका स्वास्थ्य केन्द्रहरू थिए । यसरी स्वास्थ्य केन्द्र प्रभावित हुँदा प्रसूतिको समयमा महिला तथा हृदयघातका बिरामी सबैभन्दा धेरै मर्कामा परेका थिए । यसको यकिन तथ्याङ्क आउन त धेरै समय लाग्ने छ । तर, यी दुवै क्षेत्रमा अत्यधिक असर गरेकोमा भने कुनै शङ्का हुन सक्दैन ।

रुसको युक्रेनमाथिको आक्रमणपछिको दर्दनाक अवस्था र त्यहाँका पिडाका धेरै कथाहरू छन् । यस्तै हृदय विदारक घटना मार्च दोस्रो साता एक प्रसूति गृहमा हमला हुँदा देखिएको थियो । त्यो हमलामा ३ जनाको ज्यान गएको थियो भने १७ जना घाइते भएका थिए ।

युक्रेनी सेना बच्चाहरूको उद्धार गर्दै । तस्बिर : किभ इन्डीपेन्डेट

गत महिना नै एपीले एक तस्वीर प्रकाशित गरेको थियो । त्यो तस्वीरमा एक महिला रक्तस्राव भएर तल्लो पाठेघर समाइरहेकी थिइन् । उनलाई बचाउन सकिन्छ कि भन्ने आशामा इमर्जेन्सीमा काम गर्नेले स्ट्रेचरमा बोकेर अस्पताल लगेका थिए । उनीहरूको अथक प्रयासका बाबजुद न त बच्चा बाँचे ,न त आमा नै । त्यो आक्रमणको सर्वत्र आलोचना भएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले विज्ञप्ति जारी गर्दै असक्त, बच्चा, गर्भवती र बिरामी र स्वास्थ्यकर्मीलाई आक्रमण गर्नु जघन्य अपराध भएको ठहर गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनले नै सीमित सङ्ख्यामा रहेका स्वास्थ्यकर्मीमाथि यस किसिमको आक्रमण गर्दा थप समस्या उत्पन्न हुने जनाएको थियो ।

स्वास्थ्य क्षेत्र माथि हुने गरेको यो आक्रमण पहिलो भने पक्कै होइन । यस अगाडि पनि सिरियाको गृह युद्ध र सन् १९९९ देखि २००९ को बीचमा भएको चेचेन्याको युद्धमा पनि स्वास्थ्य संस्थामा आक्रमण भएको थुप्रै उदाहरण फेला परेका थिए ।

यस युद्धमा रुसी सेनाले मानवतामाथि नै निर्मम प्रहार गरेको यो पहिलो घटना भने पक्कै होइन । गत शुक्रवार पूर्वी युक्रेन छाड्नका लागि हजारौँ युक्रेनी नागरिक रेल्वे स्टेसनमा भेला भएको समयमा रुसले मिसाइल आक्रमण गरेको थियो । त्यस आक्रमणमा ५२ जनाको ज्यान गएको थियो । त्यो मिसाइल आक्रमणमा थुप्रै महिला तथा बालबालिकाले समेत ज्यान गुमाएका थिए ।

यो ६ साताको बीचमा युद्ध अपराधमा यो एउटा उदाहरण मात्र हो । क्राम्टोर्सक क्षेत्रमा भएका थुप्रै आक्रमणपछि लाशहरू भुईँमा लडेका दृश्य पनि त्यस्तै हृदय विदारक थियो । त्यसो त बुच्चामा भएको नागरिक नरसंहारको दृश्यलाई धेरैले कहिले पनि बिर्सन सक्दैनन् ।

युक्रेनका प्रौढहरू किभ छाड्ने क्रममा । तस्बिर : एनपीआर

रुस र युक्रेनबीचको युद्ध अझ कति समय जाने हो निश्चित छैन । रुसी सेनाले आशा गरेअनुरुपको सफलता नपाएको ठहर गर्दै सेनाको कमान्डर समेत परिवर्तन गरेको छ । रुसी सेना किभ छाडेर युक्रेनको पूर्वी भागमा केन्द्रित छ ।

यो युद्ध अझ केही साता लम्बिने  नै छन् । युद्धको परिणाम कस्तो रहने भन्ने त अझ अनिश्चित छ । तर, रुस मानवतावादी विरोधी अपराधमा अग्रणी देखिएको छ । सर्वसाधारण माथिको आक्रमण, बालबालिकामाथिको आक्रमण, गर्भवती महिलामाथिको आक्रमण र स्वास्थ्य क्षेत्र माथिको हमला त दु:खद् भई नै हाल्यो । सुरुङ बारुद बिछ्याएर रुसले आफूलाई मानवता विरोधी कानुनका कुनै  पनि सूचक नमान्ने देशको रूपमा पुष्टि गरेको छ ।

-एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ९ : ५५ बजे

काठमाडौंमा वायु प्रदूषणको कहर (तस्बिरहरू)

काठमाडौं – काठमाडौं आज फेरि वायु प्रदूषणको विश्वकै पहिलो प्रदूषित

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा