९० वर्षकी इटालियन हजुरआमा भन्छिन्, ‘मेरो कक्षाका साथीहरू नातिनातिना जस्तै छन्’ « Khabarhub

९० वर्षकी इटालियन हजुरआमा भन्छिन्, ‘मेरो कक्षाका साथीहरू नातिनातिना जस्तै छन्’


१ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पढ्नका लागि उमेरको कुनै हद हुँदैन । इटालीकी एक ९० वर्षीया वृद्धाले यसलाई प्रमाणित गरेकी छिन् । अन्नुन्जियाटा मुर्गिया नामकी ती महिलाले दोस्रो विश्वयुद्धका कारण औपचारिक शिक्षा पूरा गर्न सकेकी छैनन् ।

अहिले उनले एउटा महत्वपूर्ण कदम चालेकी छिन् । स्कुल डिप्लोमा पूरा गर्न कक्षा कोठामा फर्किएकी छन् ।

मुर्जिया डोलियानोभा सार्डिनियामा रहेको आफ्नो घर नजिकको केन्द्रमा लाइसेन्जा मिडियाका लागि पाठहरू अध्ययन गर्दैछिन् । उनी कक्षामा सबैभन्दा जेठी छात्रा हुन् ।

उनले मिडिल स्कुल डिप्लोमा लिएकी छिन्, जुन सामान्यतया १४ वर्षको उमेरमा किशोर किशोरीले  पूरा गर्छन् ।

‘मलाई पढाइ मनपर्छ । मलाई यो सधैँ मनपर्छ । तर जब युद्ध सुरु भयो, मेरो लागि सबै परिवर्तन भयो । कुनैबेला पैसा भएकाहरूले मात्र अध्ययन गर्न सक्थे’, उनले भनिन् ।

‘मलाई इतिहासका पुस्तकहरू सधैं मनपर्छ, किनभने मैले पुस्तकहरूमा लेखिएको इतिहासको राम्रो अंश अनुभव गरेँ । मैले पहिलो विश्वयुद्धको परिणाम देखेकी छु र दोस्रो विश्वयुद्धमा बाँचेको छु’, मुर्जियाले थपिन् ।

(डेली मेलबाट)

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ३ : १८ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट