स्विडेन र फिनल्याण्डले नेटोको सदस्यता लिए आणविक युद्धको खतरा बढ्ने रुसको चेतावनी « Khabarhub

स्विडेन र फिनल्याण्डले नेटोको सदस्यता लिए आणविक युद्धको खतरा बढ्ने रुसको चेतावनी


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिनल्याण्ड र स्विडेनले नेटोको सदस्यता लिएको खण्डमा आणविक युद्धको खतरामा उच्च वृद्धि हुने रुसले चेतावनी दिएको छ ।

रुसका पूर्व राष्ट्रपति एवम् राष्ट्रिय सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेद्भेदेभले ती मुलुकले नेटोको सदस्यता लिएको खण्डमा ‘आणविक हतियार रहित बाल्टिकको कुरै नउठ्ने’ टिप्पणी गरेका हुन् । सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै मेद्भेदेभले सीमाको सुरक्षा पनि मजबुत बनाइने बताए । उनले रुसले सीमा क्षेत्रमा ‘सुरक्षाबल र हवाई प्रतिरोधी प्रणालीको गम्भीर सबलीकरण गर्ने र फिनल्याण्डको खाडीमा उल्लेखनीय मात्रामा नौसैनिक बल परिचालन गरिने’ जनाएका हुन् ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता फिनल्याण्ड र स्विडेनमा नेटोको सदस्यता लिने पक्षमा जनमत मजबुत रहेको बताइएको छ । बेलायती टेलिभिजन च्यानल स्काई न्युजको अनलाइन संस्करणका अनुसार मेद्भेदेभको टिप्पणीको जवाफमा बाल्टिक मुलुक लिथुएनियाका रक्षामन्त्री अर्भिदास अनुसउस्कासले बाल्टिक क्षेत्रमा यसअघि नै रुसी आणविक हतियार रहेको बताएका छन् ।

बीएनएस समाचार संस्थालाई दिएको अन्तरवार्तामा रक्षामन्त्री अनुसउस्कासले युक्रेनमाथि आक्रमण गर्नुअघि नै बाल्टिक क्षेत्रमा रहेको रुसी भूमि कालिनिन्ग्रादमा आणविक हतियार परिचालित रहेको बताए । बाल्टिक समुद्रको किनारमा रहेको कालिनिन्ग्राद क्षेत्रको सीमा नेटो सदस्य मुलुकहरू पोल्याण्ड र लिथुएनियासँग जोडिन्छ ।

‘रुसले अहिले दिएको धम्की अचम्म लाग्दो छ, हामीलाई थाहा छ वर्तमान सुरक्षा अवस्थाको विकास हुनुअघि नै उनीहरुले लिथुएनियाको सीमाबाट १ सय किलोमिटरमा हतियार परिचालन गरेका छन् ।’ उनले भने, ‘कालिनिन्ग्रादमा पहिलेदेखि नै आणविक हतियार राखिएको छ । अन्तर्राष्ट्रिय समुदाय, क्षेत्रीय मुलुकहरुलाई यसबारे राम्रो जानकारी छ । उनीहरुले यसलाई धम्कीको रुपमा प्रयोग गरिरहेका छन् ।’

बुधबार स्विडेनकी प्रधानमन्त्री मगदलाना एण्डरसन र फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिनले स्विडेनको राजधानी स्टकहोममा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका थिए । सो अन्तरवार्तामा मारिनले आगामी केही साताभित्र फिनल्याण्ड नेटोमा सहभागी हुनेबारे निर्णय गरिने बताएकी थिइन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ३ : ५७ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ