‘गणपति’ को फर्स्टलुक पोस्टर रिलिज « Khabarhub

‘गणपति’ को फर्स्टलुक पोस्टर रिलिज


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भगवान र मानिसबीचको फरक देखाउने बताइएको नेपाली फिल्म ‘गणपति’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

नयाँ वर्ष २०७९ को अवसरमा रिलिज गरिएको पोस्टरमा मानिस र हामीले भगवान मान्ने गणेशलाई सांकेतिक रुपमा आधा–आधा राखिएको छ ।

सविन अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेता मुकून भुषाल र अभिनेत्री मेनुका प्रधानको प्रमुख अभिनय रहेको छ । उनीहरुसँगै सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, सुशीला पोखरेल लगायतको अभिनय रहेको छ ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि यसमा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको फिल्ममा हरिबहादुर घलेको छायांकन रहेको छ । गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ४ : ५६ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती