भक्तपुरको योसिंख्योमा ५५ हात लामो योसिं (लिङ्गो) ठड्याइयो « Khabarhub

भक्तपुरको योसिंख्योमा ५५ हात लामो योसिं (लिङ्गो) ठड्याइयो


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा चलिरहेको बिस्का जात्राअन्तर्गत भेलुखेलको योसिंख्योमा ५५ हात लामो योसिं (लिङ्गो) ठड्याइएको छ ।

विस्का जात्रामा हरेक वर्ष नयाँ वर्षको अघिल्लो दिन ५५ हाते योसिं:द्‍योलाई योसिंख्योमा उभ्याउने गरिन्छ ।

तर मध्यरातिसम्म योसिं:द्‍योलाई ठड्याउन नसकेपछि बिहीबार ठड्याइएको हो ।

५५ हाते योसिं:द्‍योलाई आजै साँझ ढालिन्छ । अष्टमात्रिकाको प्रतीक मानिने लिङ्गो नागनागिनीको प्रतीकस्वरूप हंलिपतध्वजा बाँधेर फराइन्छ ।

त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालिको रथलाई एक आपसमा जुधाउने परम्परा रहेको छ ।

जसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । लिङगो उभ्याउने र ढाल्ने नै बिस्केट जात्राको प्रमुख पक्ष हो।

भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्षभाग र हातहरू नौलो कपडाले बेरी लिङ्गोको कोखमा झुण्ड्याउने चलन छ ।

यी दुई वीरध्वजा र विश्वध्जालाई भैरवनाथको ध्वजासमेत भन्ने गरिन्छ ।

यी ध्वजाहरू फुकाएपछि एउटा सम्वत फेरिने हुनाले बीचैमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यतासमेत रहेको पाइन्छ ।

लिङ्गो ठड्याउन बाँधिएका ८ वटा डोरीलाई अष्टमात्रिककको प्रतीक मानिन्छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ५ : १४ बजे

अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व