रूपन्देही ११ नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा « Khabarhub

रूपन्देही ११ नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रूपन्देही ११ ले नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल आर्मी क्लबमाथि ६ विकेटले जित निकालेसँगै रूपन्देहीले फाइनल पुगेको हो । 

१ सय ४ रनको लक्ष्य रूपन्देहीले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । रूपन्देहीका लागि बसिर अहमदले ४५ रन र सन्दीप रजालीले नटआउट १९ रन जोडे । टस जितेर ब्याटिङ रोजेको नेपाल आर्मी १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटियो ।

नेपाल आर्मीलाई सस्तैमा समेट्न रूपेश कुर्मी र बसिर अहमदले २–२ विकेट लिए । तेस्रो स्थानको लागि शुक्रबार नेपाल आर्मी र उत्तर प्रदेश ११ बीच बिहान १० बजे प्रतिस्पर्धा हुनेछ ।

पाँचौँ स्थानको लागि भने शुक्रबार दिउँसो २ बजे एपीएफ क्लब र पुश स्पोर्ट्स दिल्ली दिउँसो २ बजे प्रतिस्पर्धा गर्नेछन् । उपाधीको लागि भने शनिबार रूपन्देही ११ र मलेसिया ११ दिउँसो २ बजे आमने सामने हुनेछन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ६ : ३५ बजे

अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व