नयाँ वर्षामा राष्ट्रपति भण्डारीद्वारा कलाकारहरु विभूषित « Khabarhub

नयाँ वर्षामा राष्ट्रपति भण्डारीद्वारा कलाकारहरु विभूषित


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रबाट देशका लागि योगदान पुर्‍याउनेहरुलाई मानपदवीबाट हरेक वर्ष विभूषित गर्ने गर्छ । गत वर्ष पनि सरकारले संविधान दिवसको अवसरमा अन्य क्षेत्रसँगै कला क्षेत्रबाट देशलाई योगदान दिएको ठहर गर्दै विभिन्न व्यक्तिलाई सम्मानित गर्ने घोषणा गरेको थियो । सोहि घोषणा अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेवापत मानपदवी प्राप्त गर्ने महानुभावहरूलाई विभूषित गरेकी छन्।

वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा सुकिर्तिमय राष्ट्रदीप मार्फत विभूषित भएका छन् । यस्तै सुप्रबल जनसेवाश्रीबाट गीतकार कालीप्रसाद रिजाल र गौरी मल्ल विभूषित भएका छन् । प्रबल जनसेवाश्रीबाट लोक गायिका विष्णु माझी, कलाकार नवल खड्का, प्रकाश घिमिरे, रमेश बुढाथोकी, दीपाश्री निरौला, हेमन्त बुढाथोकी, दोहोरी गायक चन्द्र प्रसाद शर्मा, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका देविका प्रधान, संगीतकार कस्तुप पन्तलाई विभूषण गरिएको छ ।

अभिनेत्री केकी अधिकारी, अनमोल केसी, गायक प्रकाश सपूत, हेमन्त शर्मालाई भने सरकारले जनसेवाश्री पदकबाट विभूषण गरिएको छ । हास्य कलाकार कमल गाउँले, नृत्यकार महेश प्रकाश हाडा, गायक नविन कुमार पौड्याल, बहिरा कलाकार सुजल बम, नृत्यकार तेरिया फौजा मगर, कलाकार शिव शंकर रिजाल (जोगेन्द्र), राजकुमार राई, मैथली कलाकार रन्जु झालाई पनि यहीं पदकबाट विभूषित गरिएको हो । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ७ : १८ बजे

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको