जापानकी पूर्व राजकुमारी सङ्ग्रहालयमा काम गर्दै « Khabarhub

जापानकी पूर्व राजकुमारी सङ्ग्रहालयमा काम गर्दै


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रेमको कुनै सीमा हुन्न भन्ने भनाई जापानकी पूर्वराजकुमारी माकोका लागि मेल खान सक्छ । उनी अहिले न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा स्वयंसेवकको रुपमा काम गर्छिन् ।

३० वर्षीया माको पूर्व राजकुमारीले उपाधि त्यागेकी थिइन् र ‘सामान्य’ प्रेमी केई कोमुरोसँग विवाह गर्न अमेरिका गएकी थिइन् । प्रेमीसँग विवाहका लागि नै उनले उपाधि  र राजपरिवारका सम्पूर्ण सुविधा त्यागेकी थिइन् ।

उनी म्युजियमको एसियाली कला सङ्ग्रहालयमा काम गरिरहेकी छिन् । जापान टाइम्सका अनुसार पूर्व राजकुमारीले जापानमा बुद्ध धर्मको परिचय दिने १३औं शताब्दीका भिक्षुको जीवनबाट प्रेरित भएको चित्रकलाको प्रदर्शनीका लागि प्रयास गरिरहेकी छिन् ।

माकोले स्कटल्याण्डको एडिनबर्ग विश्वविद्यालयमा कला इतिहासको अध्ययन गरेकी थिइन् । सन् २०१६ मा उनले बेलायतको लेस्टर विश्वविद्यालयबाट कला सङ्ग्रहालय र ग्यालरी विषयमा स्नातकोत्तर गरेकी थिइन् ।

‘उनी योग्य छिन् । यस कामका लागि धेरै तयारीको आवश्यकता पर्दछ र प्रायः पुस्तकालयमा धेरै समय खर्च गर्नुपर्छ’, एक पूर्व–मेट क्युरेटरले राजकुमारीको  कामको बारेमा भने ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ७ : ०४ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण