काठमाडौँ महानगरको मतगणना सुरु हुँदै | Khabarhub Khabarhub

काठमाडौँ महानगरको मतगणना सुरु हुँदै



काठमाडौँ – काठमाडौँ महानगरको मतगणना केहीबेरमा सुरु हुँदैछ । आज बिहान सर्वपक्षीय बैठक बसेपछि मतगणना सुरु गर्न लागिएको हो ।

मत गणना वडा नम्बर १ बाट माथि र वडा नम्बर ३२ बाट तल गरिँदै छ। स्थानीय तह निर्वाचनमा काठमाडौँको मेयरका लागि ५५ जना चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना गरिनेछ। कार्यालयले अहिले मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरिरहेको र सोपश्चात् मतगणना सुरु गर्ने निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिएका छन् । सुरुआती चरणमा एक ठाउँबाट गणना गर्ने तयारी गरिएको र केहीबेरमा गणनास्थल थप गरिने उनले बताए।

वडा नम्बर २४ र २५ मा दलित महिला सदस्य पदमा उम्मेदवारी परेन भने वडा १८, २२, २३ र २७ बाट दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौँ महानगरका १५६ मतदान स्थलका ३६३ मतदान केन्द्रबाट शुक्रबार मतदान भएको थियो । यहाँ ३ लाख २४२ मतदाता छन् ।शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ५९ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित