भारतमा चारतले भवनमा आगलागीमा परी २७ जनाको मृत्यु « Khabarhub

भारतमा चारतले भवनमा आगलागीमा परी २७ जनाको मृत्यु


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको राजधानी दिल्लीको पश्चिममा रहेको मुन्डकामा एउटा व्यावसायिक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

चार तले भवनमा भएको आगलागीमा परी अरु १२ जना घाइते भएका छन् । घाइतेहरुलाई सञ्जय गान्धी अस्पतालमा भर्ना गरिएको छ ।आगलागीको समयमा भवनभित्र ७० जनाभन्दा बढी मानिस रहेको घटनास्थलमा खटिएका अग्नि नियन्त्रण विभागका सतपाल भारद्वाजले बताए । कम्तिमा ६० जनालाई भवनबाट उद्धार गरिएको जनाइएको छ । केही मानिस अझै भवनभित्र फसेको प्रहरीले जनाएको छ ।

सर्ट सर्किट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीपछि दुईजना पक्राउ परेको हिन्दुस्तान टाइम्सले जनाएको छ। नरेन्द्र मोदीले मृतकप्रति सहानुभूति प्रकट गरेका छन् ।

प्रत्येक मृतकका परिवारलाई जनही २ लाख भारु दिने मोदीको घोषणा छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : २२ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार