मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी « Khabarhub

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

कागबेनीस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिनजिङ नामगेल गुरुङले ८६७ मत ल्याएर विजयी भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा एमालेकी ढिकी गुरुङले ७४९ मत प्राप्त गरेर विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका आङजेन गुरुङले ५७७ र उपाध्यक्षमा कांग्रेसकै धेव आङवो गुरुङले ६७७ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुई हजार २२४ मतदाता रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा शुक्रबार भएको मतदानमा ६७.०२ प्रतिशत अथवा एक हजार ५०८ मत खसेको थियो । वडा नम्बर १, ३ र ५ मा नेकपा एमालेका तथा वडा नम्बर २ र ४ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडा नं १ मा एमालेका प्रमेश गुरुङ, वडा नम्बर २ मा कांग्रेसका न्होरु गुरुङ, ३ मा एमालेका विनोद गुरुङ, ४ मा कांग्रेसका कर्म घ्याचो गुरुङ र ५ मा एमालेका सुरेन्द्र गुरुङ विजयी भएका छन् ।

पाँच वटा स्थानीय तह रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ०० बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको