मलंगवा १ मा कांग्रेस प्यानल विजयी « Khabarhub

मलंगवा १ मा कांग्रेस प्यानल विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलंगवा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका नवल किशोर यादब विजयी भएका छन् ।

४५ वर्षीय नवलकिशोर ४ सय २३ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४ सय ११ मत प्राप्त गरेका छन् । त्यहाँ वडाध्यक्षको उम्मेद्वारमा दुईजना मात्र थिए ।

मेयरतर्फ भने कांग्रेसका नागेन्द्र प्रसाद रायले ४ सय ५५, जसपाका निरसल साहले ३ सय ६६ र नेकपा एकीकृत समाजवादीका देवेन्द्र रायले ८ मत प्राप्त गरेका छन् । उपमेयरमा भने कांग्रेसकी सकुन्तला देवीले ४ सय १८, जसपाकी पानोदेवीले ३ सय ७३ र लोसपाकी सीमा झाले १९ मत प्राप्त गरेकी छिन् । यो जिल्लामा गठबन्धन नभएकाले सबै दल आ–आफ्नै उम्मेदवारका साथ चुनावी मैदानमा होमिएका थिए ।

कही कतै वडामा आन्तरिक  सहमति र गठबन्धन भने भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ३२ बजे

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले