स्थगित भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो « Khabarhub

स्थगित भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ ।

निर्वाचन आयोगले गएराति १० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा स्थगित भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका आधारमा मतदानस्थलसहित केन्द्रको सङ्ख्या थप भएको हो ।

हालसम्म विभिन्न स्थानमा गरी ७९ मतदान केन्द्रमा स्थगन भएको आयोगले जनाएको हो । आयोगका अनुसार विवाद र भड्पका कारण स्थगित भएकामा कतिपय मतदान केन्द्रमा जति मत खसिसकेको छ, त्यसैलाई आधार मानेर गणना गर्ने कि भन्ने विषयमा छलफल भइरहेकाले स्थगनको कूल सङ्ख्यामा केही थपघट हुन पनि सक्नेछ ।

मतदान भएका अधिकांश पालिकामा मतगणना सुरु भइसकेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ४६ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल