लाङटाङको मतपेटिका सदरमुकाम धुन्चे आइपुग्यो « Khabarhub

लाङटाङको मतपेटिका सदरमुकाम धुन्चे आइपुग्यो


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको पर्यटकीय क्षेत्र लाङटाङबाट मतपेटिका सदरमुकाम धुन्चे आइपुगेको छ ।

स्थानीय तहको निर्वाचनको क्रममा शुक्रबार भएको मतदानको मतपेटिका पैदलमार्गबाट सदरमुकाम धुन्चे ल्याइएको हो । पहिले हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने तयारी गरिए पनि बोकेरै मतपेटिका ढुवानी गर्न सर्कुलर भएअनुसार शनिबार मात्रै मतपेटिका आइपुगेको हो ।

लाङटाङको मतपेटिका ल्याइएसँगै गोसाईकुण्ड गाउँपालिकाको मतगणना तत्काल सुरु गर्ने मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठक सम्पन्न हुनासाथ मतगणना सुरु हुनेछ । सदरमुकामबाट सबै भन्दा टाढाको मतदान केन्द्र लाङटाङनै हो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, लाङटाङमा ८३.१९ प्रतिशत मत खसेको छ । यस वडामा तीन सय सय ६३ मतदाता थिए ।

जसमा तीन सय दुई मत खसेको थियो । यहाँ एक सय ६२ पुरुष र एक सय ४० महिलाले मतदान गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ५ : १६ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको