काठमाडौं महानगरपालिकाको मेयरमा बालेनको अग्रता कायमै « Khabarhub

काठमाडौं महानगरपालिकाको मेयरमा बालेनको अग्रता कायमै


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाको १, २ र ३२ नम्बर वडाको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । काठमाडौँको १ वडा नक्साल र वडा २ लाजिम्पाट क्षेत्र तथा ३२ वडा कोटेश्वर क्षेत्र हो ।

महानगरको १, २ र ३२ नम्बर वडाको मतगणना जारी रहँदा साहले ३१२ मतसहित अग्रता बचाएका छन्। अहिले काठमाडौँमा ८ सय मत गनिएको छ। उनलाई नेकपा एमालेका केशव स्थापितले २५१ मतसहित पछ्याइरहेका छन्।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन्। उनले १७८ मत ल्याएकी छन्। जम्मा ३ लाख ५ सय ८४ मतदाता रहेको काठमाडौँ महानगरमा एक लाख ९० हजार १ सय ७० मत खसेको निर्वाचन आयोगले जनाएको छ।

मतगणना अनुसार बालेनले वडा नम्बर १ मा १०१, २ मा ७० र ३२ मा १४१ मत पाएका छन् भने स्थापितले वडा १ मा ९५, २ मा १३ र ३२ मा १४३ मत ल्याएका छन्। त्यस्तै कांग्रेसकी सिर्जनाले वडा १ मा १०१, २ मा २४ र ३२ मा ५३ मत ल्याएकी छन्।

काठमाडौँ महानगरको मेयर बन्ने दौडमा स्वतन्त्र तथा विभिन्न दलबाट गरी ५४ जना प्रतिस्पर्धी रहेका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ५ : ३४ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको