जुम्लाका ३ वडामा माओवादी, ४ वडामा कांग्रेस उम्मेदवार विजयी « Khabarhub

जुम्लाका ३ वडामा माओवादी, ४ वडामा कांग्रेस उम्मेदवार विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाका ८ स्थानीय तहमा ६० वडा रहेका छन् । अहिलेसम्म भएको मतगणना अनुसार जुम्लामा नेपाली कांग्रेसले ४ वडामा जित हासिल गरेको छ ।

यस्तै नेकपा एमालेका उम्मेदवार ३ वडामा विजयी भएका छन् । तातोपानी गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट कर्णबहादुर कठायत विजयी भएका छन् । उनी ३४२ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षका प्रत्याशी माओवादी केन्द्रका लोकबहादुर कठायतले २३९ मत गरेका थिए  ।

यस्तै हिमा गाउँपालिका-१ मा वडाध्यक्षका उम्मेदवार कांग्रेसका रतनबहादुर शाही विजयी भएका छन् । सिंजा गाउँपालिका-१ मा कांग्रेसका हरिनन्द आचार्य विजयी भएका छन् ।

चन्दननाथ नगरपालिका-१ मा कांग्रेसका तिलकप्रसाद न्यौपाने ३०४ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत ज्वाहरप्रसाद सिंहले बताए । वडाध्यक्षका प्रत्याशी माओवादीका राजबहादुर भक्तले २४५ मत प्राप्त गरेका छन् ।

तिला गाउँपालिका-१ मा माओवादीका जगतबहादुर बस्नेतको प्यानल विजयी भएको छ । उनले ३४६ मत प्राप्त गरेका छन् । कनकासुन्दरी गाउँपालिका-१ मा माओवादीका भीम भण्डारी ३४६ मत प्राप्त गर्दै विजयी भएका छन् ।

त्यस्तै पातारासी गाउँपालिका-१ मा वडाध्यक्षका उम्मेदवार माओवादीका लालसिंह ऐडी विजयी भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ३५ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको