टोखा नगरपालिकामा एमालेको अग्रता « Khabarhub

टोखा नगरपालिकामा एमालेको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको टोखा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएको छ ।

स्थानीय तहको शुक्रबार सम्पन्न मतदानको आज दुई हजार २५८ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारीले ९३५ मतका साथ अग्रता लिएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रजनी थापाले ८०१ मत प्राप्त गरेको टोखाका सहायक निर्वाचन अधिकृत अनिल जोशीले जानकारी दिए । यस्तै, उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार ज्ञानमाया डंगोलले अग्रता लिएका छन् । डंगोलले ८७५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मुरारी तामाङले ८०३ मत प्राप्त गरेको जोशीले बताए ।

यस्तै, माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले १८५ र माओवादी केन्द्रकै उपप्रमुखको उम्मेदवारले २४१ मत प्राप्त गरेका छन् । कूल ११ वडा रहेको टोखामा वडा नं १ र २ को मतगणना भइरहेको छ । उक्त नगरपालिकाको वडा नं १ मा झोर र २ मा टोखाको बजारक्षेत्र पर्दछ ।

कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको सहायक निर्वाचन अधिकृत जोशीले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ११ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको