बरहथवा नगरपालिकाको वडा नम्बर १७ मा पुनः मतदान हुने « Khabarhub

बरहथवा नगरपालिकाको वडा नम्बर १७ मा पुनः मतदान हुने


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा पुनः मतदान हुने भएको छ ।

नगरपालिकामा रहेका सम्पूर्ण वडाको मतदान सम्पन्न भइसकेता पनि वडा नम्बर १७ मा झडप हुँदा मतदान रोकिएको थियो । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिए । अब निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्बदलिय बैठक राखेर त्यहाँ मतदानको मिति तोक्ने बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए ।

वडा नम्बर १७ मा भएको मतदानमा जनता समाजवादी पार्टी पक्षले आफू पक्षीय मतदातालाई शुक्रबार बिहानै मतदान गराएपछि मध्यान्हबाट भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारको आरोप छ । उनिहरुले निर्वाचन अधिकृतको कार्यालय बरहथवामा दर्ता गराएको संयुक्त लिखित निवेदनमा जसपाका उम्मेद्वार रामविश्वास राय लगायतले नेकपा माओवादी केन्द्रका वीरेन्द्र राय लगायतलाई मरणासन्न हुनेगरी कुटपिट गरेको उल्लेख छ ।

वडा नं. १७ को आधारभूत विद्यालय परोरियाको मतदान स्थल अन्तर्गत २ वटा मतदान केन्द्रमा जम्मा एक हजार ९ सय ५४ मतदाता भएपनि त्यहाँ शुक्रबार साँझसम्म ३ सय ७२ मत मात्र खसेको थियो ।

१७ नम्बर वडाको विवादका कारण बरहथवा नगरपालिकाको मतगणना हुन सकेको छैन ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ३५ बजे

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

काठमाडौं । दाङमा कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते

सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि

आजका समाचार : शान्त हुँदै तराई-मधेश, गोलबजारको कर्फ्यु पनि हट्यो, पेचिलो बन्दै कोशीमा सत्ता राजनीति र इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका बनेको ट्रम्पको दाबी

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई