पेनाल्टी सुटआउटबाट अष्ट्रेलिया कतार विश्वकपमा छनोट | Khabarhub Khabarhub

पेनाल्टी सुटआउटबाट अष्ट्रेलिया कतार विश्वकपमा छनोट


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेरुलाई पराजित गर्दै एसियाली मुलुक अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ ।

सोमबार राति भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो ।

जहाँ एसियाली पावर हाउस अष्ट्रेलियाले अन्तरमहादेशिय छनोटमा पेरुलाई पराजित गरेको हो । पेनाल्टी समेत ४–४ को बराबरी भएपछि खेलको नतिजा सडन डेथमा भएको थियो ।

जहाँ अष्ट्रेलियाका भेट्रान गोलरक्षक आन्द्रे रेडमायने नायक बने । ३३ वर्षीय खेलाडीले पेरुका एलेक्स भालेराको पेनाल्टी बचाए ।

यससँगै एसियाबाट जापान, साउदी अरविया, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र कतार गरि ६ टिमले विश्वकपमा सहभागीता जनाउने भएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ६ : २७ बजे

चन्द्रविनायक तथा भैरवनाथ जात्रा सकियो

काठमाडौं – चन्द्रविनायक तथा भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर

रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

मस्को – रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या

नेपाल सुपर लिग : लुम्बिनी एफसीविरुद्ध धनगढीको जित

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको

फिफा वरियतामा नेपाल दुई स्थान तल झर्‍यो

काठमाडौं – फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

कर्णाली – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी