साउदी अरबमा कामदारलाई तीन महिनासम्म घाममा काम लगाउन नपाइने « Khabarhub

साउदी अरबमा कामदारलाई तीन महिनासम्म घाममा काम लगाउन नपाइने


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई दिउँसो (मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म) बाहिर घाममा काम नगर्न आग्रह गरेको छ।

दूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयको सूचनाका आधारमा उक्त आग्रह गरेको हो। यो नियम भोली जुन १५ देखि सेप्टेम्बर १५ सम्म लागू हुने जनाइएको छ।

साउदी अरबमा अत्याधिक गर्मी बढेपछि कामदारको सुरक्षाको लागि त्यहाँको सरकारले कामदारलाई रोजगारदाताले दिउँसो घाममा काम गर्न लगाउन नपाउने नियम ल्याएको हो।

‘साउदी सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय (श्रम मन्त्रालय) ले यही १५ जुन देखि १५ सेप्टेम्बर २०२२ (३ महिना) सम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म कुनै पनि रोजगारदाताले कामदारलाई बाहिर घाममा गर्नुपर्ने काममा लगाउन नपाइने जनाएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यदी कुनै कम्पनी वा रोजगारदाताले नियमको अवज्ञा गरेर कुनै कामदारलाई आगामी तीन महिनाको अवधिमा मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर घाममा काम गर्न लगायो वा काम गर्न बाध्य पा¥यो भने श्रम मन्त्रालयको टोल फ्री नं. १९९११ मा सम्पर्क गरेर उजुरी गर्न समेत अनुरोध गरिएको छ।

कम्पनीको सुपरभाइजरले वा क्याम्प बोस वा यस्तै अन्य व्यक्तिले कामदारको गल्ती नै नभएको बेलामा पनि कुटपिट गर्ने तथा विभिन्न प्रकारका शारीरिक हिंसा गर्ने गरेको गुनासो आउने गरेको दूतावासले जनाएको छ।

यस्तो अवस्थामा प्रहरीलाई ९११ नम्बरमा तुरून्तै सम्पर्क गर्न दूतावासले त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ।

‘कुटपिट र शारीरिक हिंसा बाहेक कम्पनी वा रोजगारदातासँग कामदारको समस्यासँग सम्बन्धित विषयमा कुनै गुनासा छन् भने श्रम मन्त्रालयको टोल–फ्री नं १९९११ मा सम्पर्क गर्न सक्नुहुनेछ,’ दूतावासले भनेको छ।

नेपाली कामदारको लागि साउदी अरब वैदेशिक रोजगारको प्रमुख गन्तव्यमध्ये एक हो। साउदीमा चार लाखको हाराहारीमा नेपाली कामदार रहेका छन्।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १० : ३६ बजे

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व : मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक

ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…

काठमाडौं- औपचारिक निर्णय भइनसके पनि नेकपा एमाले- नेपाली कांग्रेस गठबन्धन

विष्णु पौडेलविरुद्ध झन्डै २१ करोड बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा नेकपा

ब्राजिली आयातमा अमेरिकाको २५ प्रतिशत भन्सार शुल्क

वासिङ्टन- अमेरिकाले ब्राजिलबाट आयात हुने केही वस्तुमा जुलाई २२ देखि २५