नेटफ्लिक्सले गर्‍यो ‘स्क्विड गेम’ को दोस्रो सिजनको घोषणा « Khabarhub

नेटफ्लिक्सले गर्‍यो ‘स्क्विड गेम’ को दोस्रो सिजनको घोषणा


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अघिल्लो वर्षको ओटीटी सेन्सेनल हिट सिरिज  ‘स्क्विड गेम’ को दोस्रो सिजन बन्ने भएको छ । आइतबार नेटफ्लिक्सले टिजर सार्वजनिक गर्दै दोस्रो भाग आउने जानकारी दिएको छ । योसँगै भिडियो सन्देश जारी गर्दै सिरिजका कार्यकारी निर्माता वाङ डोङ ह्युकले कुन चरित्र सिरिजमा फर्कने र को नफर्कने संकेत गरेका छन् ।  

‘स्क्विड गेमको पहिलो सिजन बजारमा ल्याउन १२ वर्ष लागेको थियो । तर नेटफ्क्लिसमा सबैभन्दा बढी हेरिने सिरिज बन्न यसलाई १२ दिन पनि लागेन,’ वाङले भनेका छन्, ‘लेखक, निर्देशक र निर्माताको रुपमा म दर्शकलाई धन्यवाद भन्न चाहन्छु’ । हाम्रो सिरिज हेरेर मन पराइदिनुभएकोमा धन्यवाद ।’ वाङले भिडियो सन्देशमा सिरिजको दोस्रो भागको कथा कसरी अगाडि बढ्छ भन्ने पनि संकेत गरेका छन् ।

वाङका अनुसार सिरिजका हिरो र भिलेन दुवै दोस्रो सिरिजमा पनि देखिनेछन् । सिरिजको दोस्रो भाग सन् २०२३ को अन्त्य अथवा २०२४ को सुरुवातमा आउनेछ । वाङको घोषणासँगै सिक्वेलको प्रतीक्षामा रहेका फ्यानहरू उत्साहित भएका छन् । सिरिजको पहिलो भागसँग अट्याच दर्शकलाई प्रतीक्षा भरमार छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  २ : ३९ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा