नेटफ्लिक्सले गर्‍यो ‘स्क्विड गेम’ को दोस्रो सिजनको घोषणा « Khabarhub

नेटफ्लिक्सले गर्‍यो ‘स्क्विड गेम’ को दोस्रो सिजनको घोषणा


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अघिल्लो वर्षको ओटीटी सेन्सेनल हिट सिरिज  ‘स्क्विड गेम’ को दोस्रो सिजन बन्ने भएको छ । आइतबार नेटफ्लिक्सले टिजर सार्वजनिक गर्दै दोस्रो भाग आउने जानकारी दिएको छ । योसँगै भिडियो सन्देश जारी गर्दै सिरिजका कार्यकारी निर्माता वाङ डोङ ह्युकले कुन चरित्र सिरिजमा फर्कने र को नफर्कने संकेत गरेका छन् ।  

‘स्क्विड गेमको पहिलो सिजन बजारमा ल्याउन १२ वर्ष लागेको थियो । तर नेटफ्क्लिसमा सबैभन्दा बढी हेरिने सिरिज बन्न यसलाई १२ दिन पनि लागेन,’ वाङले भनेका छन्, ‘लेखक, निर्देशक र निर्माताको रुपमा म दर्शकलाई धन्यवाद भन्न चाहन्छु’ । हाम्रो सिरिज हेरेर मन पराइदिनुभएकोमा धन्यवाद ।’ वाङले भिडियो सन्देशमा सिरिजको दोस्रो भागको कथा कसरी अगाडि बढ्छ भन्ने पनि संकेत गरेका छन् ।

वाङका अनुसार सिरिजका हिरो र भिलेन दुवै दोस्रो सिरिजमा पनि देखिनेछन् । सिरिजको दोस्रो भाग सन् २०२३ को अन्त्य अथवा २०२४ को सुरुवातमा आउनेछ । वाङको घोषणासँगै सिक्वेलको प्रतीक्षामा रहेका फ्यानहरू उत्साहित भएका छन् । सिरिजको पहिलो भागसँग अट्याच दर्शकलाई प्रतीक्षा भरमार छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  २ : ३९ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा