आज प्रेमीसँग विवाह गर्दै इन्दिरा  « Khabarhub

आज प्रेमीसँग विवाह गर्दै इन्दिरा 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग आज मंगलबार विवाह गर्दैछिन् । उनले यसको जानकारी समाजिक सञ्जाल मार्फत दिएकी हुन् । उनले इन्स्टाग्राममा पोस्ट राख्दै मंगलबार शरदसँग विवाह गर्न लागेको जानकारी गराएकी थिइन् । ‘भगवानको कृपा र परिवारको आशिवार्दलाई साक्षी राख्दै हामीले जुन १४ मा विवाह गर्ने निर्णय गरेका छौँ । यो यहाँको आशीर्वाद र शुभेच्छा भोलिका दिनमा पनि रहनेछ भन्ने अपेक्षा राखेका छौँ’ उनले सामाजिक सञ्जाल मार्फत आफ्नो भावना व्यक्त गरेकी थिइन् ।

‘हामीले यसलाई सरल र आत्मीय राख्ने निर्णय गरेका छौँ,’ उनले भनेकी छन्, ‘धेरै सन्देश र शुभकामना प्राप्त गर्दैछ’ । माया र आशीर्वादका लागि सबैलाई धन्यवाद ।’ गत आइतबार पारिवारिक समारोहमा उनको मेहन्दी कार्यक्रम सम्पन्न भएका तस्बिर सार्वजनिक भइसकेका छन् । नेपाल आइडलको मञ्चबाट गायनमा प्रवेश गरेकी इन्दिराले आइटम गायिकाको रुपमा पाश्र्व गायनमा नाम कमाएकी थिइन् । इन्दिराका हुनेवाला दुलाहा शरद केडियो फेसन डिजाइनर रहेको बताइएको छ । यो जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । शरदले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिएका थिए भने इन्दिराले बिहेको प्रस्ताव स्वीकारेकी थिइन् ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १ : ५७ बजे

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा

कर्मचारीलाई रावलको निर्देशन : मन्त्रीलाई होइन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले

मधेसको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री यादव

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा

टर्कीको इस्तानबुलस्थित इजरायली नियोगमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाडौं- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इजरायली नियोगमा गोली

सुशासनका नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई एमालेको सुझाव

काठमाडौं– नेकपा एमालेका सांसदहरूले सुशासन कायम गर्ने नाममा प्रतिशोध र