आज प्रेमीसँग विवाह गर्दै इन्दिरा  « Khabarhub

आज प्रेमीसँग विवाह गर्दै इन्दिरा 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग आज मंगलबार विवाह गर्दैछिन् । उनले यसको जानकारी समाजिक सञ्जाल मार्फत दिएकी हुन् । उनले इन्स्टाग्राममा पोस्ट राख्दै मंगलबार शरदसँग विवाह गर्न लागेको जानकारी गराएकी थिइन् । ‘भगवानको कृपा र परिवारको आशिवार्दलाई साक्षी राख्दै हामीले जुन १४ मा विवाह गर्ने निर्णय गरेका छौँ । यो यहाँको आशीर्वाद र शुभेच्छा भोलिका दिनमा पनि रहनेछ भन्ने अपेक्षा राखेका छौँ’ उनले सामाजिक सञ्जाल मार्फत आफ्नो भावना व्यक्त गरेकी थिइन् ।

‘हामीले यसलाई सरल र आत्मीय राख्ने निर्णय गरेका छौँ,’ उनले भनेकी छन्, ‘धेरै सन्देश र शुभकामना प्राप्त गर्दैछ’ । माया र आशीर्वादका लागि सबैलाई धन्यवाद ।’ गत आइतबार पारिवारिक समारोहमा उनको मेहन्दी कार्यक्रम सम्पन्न भएका तस्बिर सार्वजनिक भइसकेका छन् । नेपाल आइडलको मञ्चबाट गायनमा प्रवेश गरेकी इन्दिराले आइटम गायिकाको रुपमा पाश्र्व गायनमा नाम कमाएकी थिइन् । इन्दिराका हुनेवाला दुलाहा शरद केडियो फेसन डिजाइनर रहेको बताइएको छ । यो जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । शरदले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिएका थिए भने इन्दिराले बिहेको प्रस्ताव स्वीकारेकी थिइन् ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १ : ५७ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा