अवैध लागू औषधसहित पाँच जना पक्राउ  | Khabarhub Khabarhub

अवैध लागू औषधसहित पाँच जना पक्राउ 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ- काठमाडौँ, कञ्चनपुर, दाङ र चितवनबाट अवैध लागू औषधसहित पाँच जना पक्राउ परेका छन् ।

३ ग्राम ७ सय मिलिग्राम अवैध लागू औषध ब्राउनसुगरजस्तो देखिने पदार्थ सहित झापा दमक उपमहानगरपालिका–९ घर भएका २७ वर्षीय सञ्जय लिम्बुलाई सोमबार प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १९२७ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ व्यक्ति उपर जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ राधाकृष्ण मन्दिर नजिकबाट १० ग्राम ३ सय ८० मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन जस्तो पदार्थ र ५ हजार भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका २६ वर्षीय जसबिन्दर सिंह छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१८ फुर्सेखाली बस्ने २४ वर्षीय आकाश रोका मगरलाई ५ सय मिलिग्राम अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनले सोही ठाउँस्थित गिठेपानीमा लागू औषध ब्राउन सुगर बेचबिखन गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनको रत्ननगर नगरपालिका–२ टाडी चोकबाट नियन्त्रित लागू औषध १ सय ३७ एम्पुल नोफिम, १ सय ३८ एम्पुल डाइजेपाम र १ सय ३८ एम्पुल फेनारगन सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालिका नगरपालिका–६ बस्ने २९ वर्षीया वन्दना रुम्बा र उनकै श्रीमान ३७ वर्षीय नेमराज रुम्बा रहेका छन् ।

अस्पताल रोडबाट टाडी चोकतर्फ जाँदै गरेको ना.६१ प ६७२६ नम्बरको मोटरसाइकलाई इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा वन्दनाको झोलाबाट उक्त लागू औषध सहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  २ : ३८ बजे

आज साउनको तेस्रो सोमबार, पशुपतिनाथलगायत शिवालयमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं– साउन महिनाको तेस्रो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि

कृषि र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा संसदीय समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, संवैधानिक परिषद विधेयकमा राष्ट्रपतिको सन्देश जानकारी गराइने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठक

रुट र ब्रुकको शतक : जितका लागि इंग्ल्यान्डलाई ३५ रन, भारतलाई चार विकेट आवश्यक

काठमाडौं – भारतविरुद्धको पाँचौँ तथा अन्तिम टेस्टमा इंग्ल्यान्ड जितको नजिक

देशभर वर्षाको सम्भावना, यी भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल