ज्याक्विनको जोडी लेडी गागा ? « Khabarhub

ज्याक्विनको जोडी लेडी गागा ?


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक टोड फिलिप्सले ज्याक्विन फोनिक्सका लागि जोडीको रुपमा लेडी गागालाई लिन लागेको चर्चा छ ।  फिलिप्सले केही दिनअघि मात्र सामाजिक सञ्जालमा ‘जोकर’ को स्क्रिप्ट सार्वजनिक गरेका थिए । ‘फोलियडिउक्स’ लग लाइन भएको स्क्रिप्टले अबको कथा मानसिक स्वास्थ्यमा आधारित रहने अनुमान गरिएको छ । टोडले यही स्क्रिप्ट ज्याक्विनले पनि पढिरहेको फोटो सार्वजनिक गरेका थिए । 

यता लेडी गागाले पनि निर्वाह गर्न लागेको चरित्रको बारेमा थप जानकारी सार्वजनिक भइसकेको छैन । तर अनुमान अनुसार उनले साइकियाट्रिकको भूमिका निर्वाह गर्न लागेको चर्चा छ जोसँग जोकर प्रेममा पर्छ । योबाहेक सिक्वेल म्युजिकल हुने पनि चर्चा छ ।
सन् २०१९ मा रिलिज भएको हलिउड फिल्म ‘जोकर’ ले राम्रै चर्चा पायो । ज्याक्विन फिनिक्सको अभिनयले पनि उतिकै चर्चा पायो । उनले यसै फिल्म मार्फत अभिनेता तर्फको ओस्कार अवार्ड समेत जिते । टड फिलिप्स निर्देशित फिल्मको सिक्वेल बन्ने भएको छ । दोस्रो सिक्वेलको टाइटल ‘जोकर : फोलियडिउक्स’ राखिएको छ। जोकरको यस सिक्वेललाई स्कट सिल्भर र फिलिप्सले लेख्ने छन्। ‘जोकर’  सिक्वेलमा पनि ज्याक्विन नै मुख्य भूमिकामा देखिने समेत फिलिप्सले पुष्टि गरेका छन्। निर्देशक टोड फिलिप्सले ज्याक्विन फोनिक्सका लागि जोडीको रुपमा लेडी गागालाई लिन लागेको चर्चा छ । 

 फिलिप्सले केही दिनअघि मात्र सामाजिक सञ्जालमा ‘जोकर’ को स्क्रिप्ट सार्वजनिक गरेका थिए । ‘फोलियडिउक्स’ भनिएको स्क्रिप्टले अबको कथा मानसिक स्वास्थ्यमा आधारित रहने अनुमान गरिएको छ । टोडले यही स्क्रिप्ट ज्याक्विनले पनि पढिरहेको फोटो सार्वजनिक गरेका थिए । यता लेडी गागाले पनि निर्वाह गर्न लागेको चरित्रको बारेमा थप जानकारी सार्वजनिक भइसकेको छैन । तर अनुमान अनुसार उनले साइकियाट्रिकको भूमिका निर्वाह गर्न लागेको चर्चा छ जोसँग जोकर प्रेममा पर्छ । योबाहेक सिक्वेल म्युजिकल हुने पनि चर्चा छ । 

जोकरको सिक्वेल बन्ने खबरले फ्यान उत्साहित भएका छन । निर्देशक फिलिप्सले पनि सिक्वेल बनाउनुमा आफैँमा चुनौती रहेको बताएका छन् । ‘सिक्वेल दर्शकको डिमान्ड हो । यद्यपि उनीहरूको अपेक्षा पुरा नभए निकै क्षति हुन् सक्छ । त्यसैले मेहनत गरिरहेका छौँ’ निर्देशक फिलिप्सले सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ३ : ०७ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा