बुर्किना फासोमा बन्दुकधारीको आक्रमणमा परी ५० जनाभन्दा धेरैको मृत्यु « Khabarhub

बुर्किना फासोमा बन्दुकधारीको आक्रमणमा परी ५० जनाभन्दा धेरैको मृत्यु


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोमा बन्दुकधारीको आक्रमणमा परी ५० जनाभन्दा धेरैको मृत्यु भएको छ । बुर्किना फासोको उत्तरमा रहेको सेनो प्रान्तको सेटेङ्गा क्षेत्रमा बन्दुकधारीले आक्रमण गरेको सरकारका प्रवक्तालाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

पश्चिम अफ्रिकामा लामो सयमदेखि हिंसा मच्चाइरहेका इस्लामिक अतिवादी समूहले सो हमला गरेको अधिकारीहरूले बताएका छन् । संदिग्ध अतिवादीले सेनो प्रान्तको सेटेङ्गामा नागरिकहरूलाई निशाना बनाएको सरकारी प्रवक्ता वेन्डकौनी जोएल लियोनेल बिल्गोले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

विशेष गरी उत्तरी बुर्किना फासोमा अल–कायदा र इस्लामिक स्टेट समूहसँग जोडिएका आक्रमणहरू बढिरहेका छन् । सन् २०२१ को जुनमा सोल्हान सहरमा भएको आक्रमणमा जिहादीहरूले कम्तिमा १६० जना मारेका थिए ।

त्यसयता बुर्किना फासोमा लडाकु समूहले सैनिक एवम् सार्वजनिक निशानालाई लक्षित गरी आक्रमणहरुलाई निरन्तरता दिइरहेको जनाइएको छ । सरकारले विद्रोहीविरुद्धको लडाइमा एकताबद्ध हुन जनतालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ३ : ३८ बजे

सानिगाड हाइड्रोको स्थानीय सेयरमा लक्ष्मी सनराइजको मिलेमतोमा भएको अनियमिततामा अनुसन्धान गर्दै सेबोन

काठमाडौं– सानिमा हाइड्रोको स्थानीय सेयरमा भएको चलखेलमा नेपाल धितोपत्र बोर्डले

विश्वकपका एकपछि अर्को कीर्तिमानहरूमा हक जमाउँदै मेस्सी

काठमाडौं– अर्जेन्टाइन कप्तान लियोनल मेसीले विश्वकपमा नयाँ इतिहास रचेका छन्

चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा

बनियानी– नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि

नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब रुपैयाँ