बुर्किना फासोमा बन्दुकधारीको आक्रमणमा परी ५० जनाभन्दा धेरैको मृत्यु | Khabarhub Khabarhub

बुर्किना फासोमा बन्दुकधारीको आक्रमणमा परी ५० जनाभन्दा धेरैको मृत्यु


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोमा बन्दुकधारीको आक्रमणमा परी ५० जनाभन्दा धेरैको मृत्यु भएको छ । बुर्किना फासोको उत्तरमा रहेको सेनो प्रान्तको सेटेङ्गा क्षेत्रमा बन्दुकधारीले आक्रमण गरेको सरकारका प्रवक्तालाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

पश्चिम अफ्रिकामा लामो सयमदेखि हिंसा मच्चाइरहेका इस्लामिक अतिवादी समूहले सो हमला गरेको अधिकारीहरूले बताएका छन् । संदिग्ध अतिवादीले सेनो प्रान्तको सेटेङ्गामा नागरिकहरूलाई निशाना बनाएको सरकारी प्रवक्ता वेन्डकौनी जोएल लियोनेल बिल्गोले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

विशेष गरी उत्तरी बुर्किना फासोमा अल–कायदा र इस्लामिक स्टेट समूहसँग जोडिएका आक्रमणहरू बढिरहेका छन् । सन् २०२१ को जुनमा सोल्हान सहरमा भएको आक्रमणमा जिहादीहरूले कम्तिमा १६० जना मारेका थिए ।

त्यसयता बुर्किना फासोमा लडाकु समूहले सैनिक एवम् सार्वजनिक निशानालाई लक्षित गरी आक्रमणहरुलाई निरन्तरता दिइरहेको जनाइएको छ । सरकारले विद्रोहीविरुद्धको लडाइमा एकताबद्ध हुन जनतालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ३ : ३८ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई