मुलुकको हित विपरीतको काम नगर्न प्रधानमन्त्री देउवालाई रावलको सुझाव | Khabarhub Khabarhub

मुलुकको हित विपरीतको काम नगर्न प्रधानमन्त्री देउवालाई रावलको सुझाव


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले मुलुकको हित विपरीतको काम नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई सुझाव दिएका छन्।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले स्वेच्छाचारी ढङ्गले मुलुकको हित विपरीतको काम गर्न खोजेको भन्दै यस्तो काम बन्द गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन्।

रावलले सैनिक शक्ति राष्ट्रको पछि लाग्ने जनादेश प्रधानमन्त्रीलाई नभएको भन्दै श्रीमती आरजु राणालाई समेत भारतसँग ऊर्जा जिएससँग वार्ता गर्न लगाएको आरोप लगाए।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाब दिएको र यो नेपाललाई एउटा कुनै देशको सैनिक अखडाको रूपमा परिणत गर्ने षडयन्त्र भएको उनले बताए । उनले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) ले नेपालको स्वतन्त्र परराष्ट्र नीति उलङ्घनका साथै नेपालको अस्तित्वमाथि नै धावा बोल्ने तर्क गरे। रावलले गम्भीर कुरा उठ्दा पनि सरकारले मौनता साध्नु गैरजिम्मेवारीपन भएको धारणा राखे।

त्यस्तै कांग्रेस नेता मीन विश्वकर्माले अमेरिका नेपालको सहयोगी मित्रराष्ट्र रहेकाले सैन्य क्षेत्रमा अमेरिकाले नेपालाई सहयोग गर्दै आएको बताए। उनले अमेरिकाको सैन्य सम्बन्धमा नेपाली सेनाको आधुनिकिरणका र क्षमता वृद्धिलाई थप मजबुत बनाउने बुझाईका साथ सरकारले काम गरिरहेको उनको भनाइ छ ।

उनले एमससीसी नेपालको हितमा ऊर्जा क्षेत्रका लागि सहयोग प्राप्त भएको र सैन्य सामाग्री पनि सहयोग स्वरूपकै रूपमा आएको तर्क गरे।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ४ : २८ बजे

सञ्चारमन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रका पत्रकारको ज्ञापनपत्र

रुकुम- भूकम्पप्रभावित क्षेत्रका सञ्चारकर्मी, सञ्चारमाध्यम र दूरसञ्चारको अवस्था निरीक्षणका लागि

लागतको पर्खाइमा म्याग्दीको सौरबोट

गलेश्वर- आयआर्जन हुने प्रशस्तै स्रोत र सम्भावना रहेर पनि सरोकारवालाको

अपाङ्गता भएका यात्रुलाई निगमले छुट दिने

काठमाडौं- नेपाल वायुसेवा निगमले आन्तरिक हवाइ उडानमा अपाङ्गता भएका यात्रुलाई

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ : शिक्षाराज्यमन्त्री कुमारी

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले चालु आर्थिक

ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ

कोहलपुर- बाँकेको कोहलपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ परेका