मुलुकको हित विपरीतको काम नगर्न प्रधानमन्त्री देउवालाई रावलको सुझाव « Khabarhub

मुलुकको हित विपरीतको काम नगर्न प्रधानमन्त्री देउवालाई रावलको सुझाव


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले मुलुकको हित विपरीतको काम नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई सुझाव दिएका छन्।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले स्वेच्छाचारी ढङ्गले मुलुकको हित विपरीतको काम गर्न खोजेको भन्दै यस्तो काम बन्द गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन्।

रावलले सैनिक शक्ति राष्ट्रको पछि लाग्ने जनादेश प्रधानमन्त्रीलाई नभएको भन्दै श्रीमती आरजु राणालाई समेत भारतसँग ऊर्जा जिएससँग वार्ता गर्न लगाएको आरोप लगाए।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाब दिएको र यो नेपाललाई एउटा कुनै देशको सैनिक अखडाको रूपमा परिणत गर्ने षडयन्त्र भएको उनले बताए । उनले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) ले नेपालको स्वतन्त्र परराष्ट्र नीति उलङ्घनका साथै नेपालको अस्तित्वमाथि नै धावा बोल्ने तर्क गरे। रावलले गम्भीर कुरा उठ्दा पनि सरकारले मौनता साध्नु गैरजिम्मेवारीपन भएको धारणा राखे।

त्यस्तै कांग्रेस नेता मीन विश्वकर्माले अमेरिका नेपालको सहयोगी मित्रराष्ट्र रहेकाले सैन्य क्षेत्रमा अमेरिकाले नेपालाई सहयोग गर्दै आएको बताए। उनले अमेरिकाको सैन्य सम्बन्धमा नेपाली सेनाको आधुनिकिरणका र क्षमता वृद्धिलाई थप मजबुत बनाउने बुझाईका साथ सरकारले काम गरिरहेको उनको भनाइ छ ।

उनले एमससीसी नेपालको हितमा ऊर्जा क्षेत्रका लागि सहयोग प्राप्त भएको र सैन्य सामाग्री पनि सहयोग स्वरूपकै रूपमा आएको तर्क गरे।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ४ : २८ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ