कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु | Khabarhub Khabarhub

कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका–५ की २८ वर्षीय पुन्नकली बिक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पुन्कलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार जिल्ला अस्पताल कालिकोट ल्याएका थिए । पुन्कलीको पाठेघरमा रगत जमेको र बच्चा समेत उल्टो बसेपछि दुवैको ज्यान बचाउन नसकिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डा.रत्नवीर सुनारले बताए ।

पुन्नकलीलाई बचाउनको लागि प्रहरीले रगत दिएको तर, बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी सिद्धराज न्यौपानेले बताए ।यसअघि पनि पुन्नकलीबाट जन्मिएका तीन बच्चा उल्टो अवस्थामा पेटमै मरेको जिल्ला अस्पताल कालिकोटले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ७ : २६ बजे

गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै भैरहवामा प्रदर्शन

भैरहवा- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनको माग गर्दै भैरहवामा

कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ

पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं- संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सिफारिस सनिल नेपालको नाम

विपिन जोशीलाई छुटाउन सरकारले संवाद गरिरहेको छ : मन्त्री साउद

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका

भारत र चीनसहित २० देशका नागरिकलाई बिना भिसा प्रवेश दिने इण्डोनेसियाको तयारी

जकार्ता- इण्डोनेसियाले भारत र चीनलगायत २० देशका पर्यटकहरूका लागि ‘फ्रि