छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु « Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको ईजारा र सिस्नेखोलामा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । धादिङको निलकण्ठ नगरपालिका–३ ईजारामा बा १८ च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । 

धादिङवेसीबाट जुरेथुमतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा निलकण्ठ नगरपालिका–१ जुरेथुमका ३२ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरूको धादिङ अस्पतालमा उपचार भइरहेको डा मधुकर दाहालले जानकारी दिए। उकालो बाटोमा क्षमताभन्दा धेरै यात्रु र सामान बोकेका कारण जिप दुर्घटना भएको बताइएको छ । 

यस्तै त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका– ९ सिस्नेखोला सुरुङ मार्गमा ट्रक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । नौबिसेबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ७३८६ नम्बरको मालबाहक ट्रक सोही दिशातर्फ जाँदै गरेको बा ३ क ३४०४ नम्बरको मिनी ट्रक र बा ८२ प ५६४५ नम्बरको मोटर साइकलसँग ठोक्किँदा  एक युवाको ज्यान गएको प्रहरीले जनाएको छ ।

धादिङको निलकण्ठ नगरपालिका–१२ का ४४ वर्षीय यमबहादुर मगरको मृत्यु भएको हो । दुर्घटनामा घाइते निलकण्ठ नगरपालिका–८ का गणेश श्रेष्ठको काठमाडौँमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ७ : ३५ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको