स्टेट पार्टनरसिप प्रोग्राममा सामेल हुन नेपाललाई दबाब नदिएको अमेरिकाको स्पष्टोक्ति | Khabarhub Khabarhub

स्टेट पार्टनरसिप प्रोग्राममा सामेल हुन नेपाललाई दबाब नदिएको अमेरिकाको स्पष्टोक्ति


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले नेपाललाई स्टेट पार्टनरसिप प्रोग्राममा सामेल हुन दबाब नदिएको स्पष्ट पारेको छ । नेपालका लागि अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमा सन्देश जारी गर्दै नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार असत्य भएको जनाएको छ ।

नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरसिप प्रोग्राममा सामेल हुन नभन्ने बताउँदै दूतावासले तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन मात्र गर्ने जनाएको छ ।

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अमेरिकाको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको आदानप्रदान कार्यक्रम रहेको भन्दै दूतावासले यसबाट भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्‍ विरुद्ध जुध्नका लागि प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्ने बताएको छ ।

२५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश रहेको दूतावासले जानकारी दिएको छ ।

 आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोजस्ता प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अमेरिकामा अग्रपङ्क्तिका उद्धारकर्ताका रूपमा रहेका नेशनल गार्डसँग उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता रहेको बताउँदै यसलाई साटासाट गर्ने इच्छा प्रकट गरेको छ ।

यस किसिमको सहकार्यको सहजिकरणका लागि एसपीपी प्रभावकारी माध्यम रहेको दूतावासको भनाइ छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ८ : ५२ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस