भेट्रान फुटबलः ढोलाहिटीलाई उपाधि « Khabarhub

भेट्रान फुटबलः ढोलाहिटीलाई उपाधि


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ढोलाहिटीले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको फाइनलमा ढोलाहिटीले फ्रिडम फाइटर ‘ए’ लाई २–१ गोलले पराजित गर्‍यो । ढोलाहिटीका ‘म्यान अफ द म्याच’ नितिन गुरुङ र विश्वलाल श्रेष्ठले १–१ गोल गरे । फ्रिडमका विकर्ण श्रेष्ठले १ गोल फर्काए । उपाधिसंगै ढोलाहिटीले १ लाख नगद पुरस्कार पायो भने फ्रिडमले ५० हजार नगदमा चित्त बुझायो ।

काठमाडौं महानगरपालिका वडा ७ को सहयोगमा चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा फ्रिडमका राजकुमार घिसिङ उत्कृष्ट खेलाडी घोषित भए । दीपक डंगोल उत्कृष्ट गोलरक्षक तथा विश्वलाल श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिए । दुवै ढोलाहिटीका हुन् । प्रतियोगिताभर ९ गोल गरेका फ्रिडमका विकर्ण श्रेष्ठ सर्वाधिक गोलकर्ता बने ।

विजेतालाई पूर्व मन्त्री गगनकुमार थापा, वडा ७ का अध्यक्ष विमलकुमार होडा, आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ २६ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १५ टिम सहभागी थिए ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ११ : ५९ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक