भेट्रान फुटबलः ढोलाहिटीलाई उपाधि « Khabarhub

भेट्रान फुटबलः ढोलाहिटीलाई उपाधि


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ढोलाहिटीले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको फाइनलमा ढोलाहिटीले फ्रिडम फाइटर ‘ए’ लाई २–१ गोलले पराजित गर्‍यो । ढोलाहिटीका ‘म्यान अफ द म्याच’ नितिन गुरुङ र विश्वलाल श्रेष्ठले १–१ गोल गरे । फ्रिडमका विकर्ण श्रेष्ठले १ गोल फर्काए । उपाधिसंगै ढोलाहिटीले १ लाख नगद पुरस्कार पायो भने फ्रिडमले ५० हजार नगदमा चित्त बुझायो ।

काठमाडौं महानगरपालिका वडा ७ को सहयोगमा चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा फ्रिडमका राजकुमार घिसिङ उत्कृष्ट खेलाडी घोषित भए । दीपक डंगोल उत्कृष्ट गोलरक्षक तथा विश्वलाल श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिए । दुवै ढोलाहिटीका हुन् । प्रतियोगिताभर ९ गोल गरेका फ्रिडमका विकर्ण श्रेष्ठ सर्वाधिक गोलकर्ता बने ।

विजेतालाई पूर्व मन्त्री गगनकुमार थापा, वडा ७ का अध्यक्ष विमलकुमार होडा, आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ २६ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १५ टिम सहभागी थिए ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ११ : ५९ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका