श्रीलंका प्रदर्शनमा एक विद्यार्थीको मृत्यु, प्रधानमन्त्रीको राजीनामा माग   « Khabarhub

श्रीलंका प्रदर्शनमा एक विद्यार्थीको मृत्यु, प्रधानमन्त्रीको राजीनामा माग  


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलंकामा सरकारविरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यबहाक बनेका छन् । तर, प्रदर्शनकारीले रनिल विक्रमासिंधेलाई पनि राजीनामा दिन माग गरेका छन् ।

प्रधानमन्त्रीको राजीनामा माग गर्दै बुधबार प्रधानमन्त्री निवास छिर्न खोजेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । केही प्रदर्शनकारी बलपूर्वक प्रधानमन्त्रीको निवासमा प्रवेश गरेका थिए । तर, प्रधानमन्त्री त्यहाँ छैनन् ।

विक्रमसिंघेले श्रीलंकामा संकटकाल घोषणा गर्दै सेनालाई शान्ति सुव्यवस्था बहाल गर्न आवश्यक काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री रनिल विक्रमासिंघेले सरकार र विपक्षी दुवैलाई मान्य हुने प्रधानमन्त्री मनोनयन गर्न सभामुख महिन्दा यापा आबेवर्देनालाई जानकारी गराएका छन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स प्रस्थान गरेपछि कोलम्बोमा व्यापक विरोध प्रदर्शन भइरहेकाले श्रीलंकाले बुधबार संकटकाल घोषणा गरेको छ । बढ्दो विरोध प्रदर्शनलाई नियन्त्रण गर्न कोलम्बोलगायत पश्चिमी प्रान्तमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ६ : ३९ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित