साउदीमा दूतावासले फेसबुक लाइभलाई निरन्तरता दिने    « Khabarhub

साउदीमा दूतावासले फेसबुक लाइभलाई निरन्तरता दिने   


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदीको रियादस्थित नेपाली दूतावासले गत जुलाई १ तारिखमा गरेको फेसबुक लाइभ कार्यक्रम प्रभावकारी देखिएकाले यसलाई निरन्तरता दिने जनाएको छ ।

दूतावासले बुधबार साँझ एक सुचना जारी गर्दै फेसबुक लाइभको माध्यमबाट समेत दूतावासले प्रदान गर्ने सेवा प्रवाहका बारेमा साउदी अरबमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई जानकारी दिइने बताएको छ।

त्यस्तै उसले आगामी शुक्रबार जुलाई १५ तारिख दिउँसो २ बजेदेखि ३ बजेसम्म दूतावासको आधिकारिक फेसबुक पेजमा हुने लाइभ कार्यक्रममा जोडिन पनि त्यहाँ कार्यरत नेपालीहरुलाई अनुरोध गरेको छ ।

पहिलो कार्यक्रमको अनुभव र सिकाइको आधारमा अबको कार्यक्रम थप प्रभावकारी बनाउने प्रयास रहने दूतावासले जनाएको छ । फेसबुक लाइभका क्रममा आउने गुनासो र समस्याको सम्भव भएसम्म लिखित रूपमा पनि जवाफ दिने प्रयास गरिने दूतावासले जनाएको छ ।

करिब चार लाख नेपाली श्रमिक कार्यरत रहेको साउदी अरबमा नेपाली श्रमिकहरुको माग अनुसार नै दूतावासले फेसबुक लाइभ कार्यक्रम शुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ७ : ३७ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित