गठबन्धनका तर्फबाट उपसभामुखमा भुसालको उम्मेदवारी दर्ता « Khabarhub

गठबन्धनका तर्फबाट उपसभामुखमा भुसालको उम्मेदवारी दर्ता


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उनले उपसभामुखको उम्मेदवारी दर्ता गराएकी हुन् ।

सो उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक छन्।

सत्तारुढ गठबन्धनकातर्फबाट साझा उम्मेदवारका रुपमा गौतमको उम्मेदवारी परेको हो । सभामुख र उपसभामुख एउटै पार्टीबाट बन्न नपाइने संवैधानिक व्यवस्थाअनुसार उपसभामुख पद कांग्रेसले पाएको हो। 

अहिले नेकपा माओवादीका अग्निप्रसाद सापकोटा सभामुख छन् । गठबन्धनमा रहेका दलहरुबाट भुसालको उम्मेदवारी परे पनि विपक्षी दलबाटसमेत उम्मेदवारी दिन पाइनेछ ।

मतदान भने भोलि हुनेछ । लामो समयदेखि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहँदै आएको थियो ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  १२ : ४९ बजे

विश्वकप एक दिन बाँकी :‘वाम अप’मा आक्रामक देखिएको नेपालको ब्याटिङ इंग्ल्यान्डविरुद्ध कस्तो होला ?

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेट धेरै क्रिकेटप्रेमीका लागि

असी करोड आठ लाख राजस्व संकलन

बागमती– हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ

रास्वपाको धोका हाम्रा लागि ठूलो पाठ भयो, आत्तिएका छैनौँ : कुलमान घिसिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँग १२ दिने एकीकरणमा जाँदा कुलमान घिसिङ नेतृत्वको

बक्सअफिस : ‘कुमारी’का डेब्यूटान र ‘रमिताको पिरती’का स्टारबीचको भिडन्त

काठमाडौं – शुक्रबारबाट दुई नेपाली फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’

डब्ल्युपिएलको उपाधि आरसिबीलाई

काठमाडौं – भारतको महिला प्रिमियर लिग (डब्ल्युपिएल)को उपाधि रोयल च्यालेन्जर्स