गठबन्धनका तर्फबाट उपसभामुखमा भुसालको उम्मेदवारी दर्ता | Khabarhub Khabarhub

गठबन्धनका तर्फबाट उपसभामुखमा भुसालको उम्मेदवारी दर्ता


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उनले उपसभामुखको उम्मेदवारी दर्ता गराएकी हुन् ।

सो उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक छन्।

सत्तारुढ गठबन्धनकातर्फबाट साझा उम्मेदवारका रुपमा गौतमको उम्मेदवारी परेको हो । सभामुख र उपसभामुख एउटै पार्टीबाट बन्न नपाइने संवैधानिक व्यवस्थाअनुसार उपसभामुख पद कांग्रेसले पाएको हो। 

अहिले नेकपा माओवादीका अग्निप्रसाद सापकोटा सभामुख छन् । गठबन्धनमा रहेका दलहरुबाट भुसालको उम्मेदवारी परे पनि विपक्षी दलबाटसमेत उम्मेदवारी दिन पाइनेछ ।

मतदान भने भोलि हुनेछ । लामो समयदेखि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहँदै आएको थियो ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  १२ : ४९ बजे

प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा के छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाले आयातमा लगाएको २५ प्रतिशत कर बुधबार रातिदेखि कार्यान्वयन हुँदै

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने स्टिल

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

युक्रेन ३० दिन युद्ध विराम गर्न तयार, अमेरिकाले सहयोगलाई निरन्तरता दिने

साउदी – साउदी अरेबियामा अमेरिकासँग भएको वार्तासँगै युक्रेनले रुससँग ३०