मध्य पहाडी लोकमार्ग निर्माण : दुर्गम बस्तीमा बजारीकरण « Khabarhub

मध्य पहाडी लोकमार्ग निर्माण : दुर्गम बस्तीमा बजारीकरण


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट–  सडक विस्तारसँगै जाजरकोट, दैलेख र रुकुम पश्चिमका दुर्गम बस्तीमा बजारीकरणको काम सुरु भएको छ । मध्य पहाडी लोकमार्ग (पुष्पलाल) निर्माणसँगै ती जिल्लाका दुर्गम ग्रामीण बस्तीमा स्थानीय बजार विस्तार भएसँगै सहरीकरण पनि भएको हो।

यातायातको पहुँच पुगेसँगै पछिल्लो समय थलहबजार, दशेरा, सुयडा, बेस्तडा बजार, लोहोरे, दैलेख बजार, रावतकोट, जम्मुकाँध र राकमबजार आर्थिक केन्द्रका रूपमा विकास भइरहेका छन् । त्यस्तै रुकुम पश्चिमको चौरजहारीमा नयाँ सहर निर्माणको काम जारी छ ।

पूर्वी नेपालको पाँचथर जिल्लाको चियो भन्ज्याङबाट मध्य पहाड हुँदै पश्चिम नेपालको बैतडी जिल्लाको झुलाघाटसम्म २६ पहाडी जिल्ला हुँदै निर्माणाधीन मध्य पहाडी लोकमार्गले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय विकासमा समेत योगदान दिन थालेको छ । 

एक हजार ८७९ किलोमिटर लामो मध्य पहाडी लोक मार्गले २१५ बस्तीलाई जोडेको छ । मध्य पहाडी क्षेत्रमा बसोबास गर्ने करिब एक करोड जनतालाई लाभ पुर्याउने लक्ष्यका साथ आयोजना निर्माण भइरहेको छ।

पहिले / पहिले नुन तेलको जोहो गर्न हप्तौँ लगाएर नेपालगञ्ज, बर्दिया झर्नुपर्ने बाध्यता थियो । पहाडका अप्ठ्यारा बाटा, घोप्टे भीर काट्दै बबई नदी, भेरी नदी तरेर, कट्टीको गल्छी पार गर्नुपर्थ्यो । तर त्यस्ता भीर काटेर कालोपत्र सडक आउँदा स्थानीयवासी औधी खुसी छन् ।

मध्य पहाडी लोक मार्ग आयोजना अन्तर्गत सर्वाधिक लामो १२५ किलोमिटर सडक खण्ड दैलेख जिल्लाभित्र पर्दछ । दैलेखमा भगवतीमाई गाउँपालिका–४ सुयडा क्षेत्रबाट प्रवेश गरी सो जिल्लाका आठवटा पालिकालाई समेट्दै आठबीस नगरपालिका–३ बेलखेतबाट बाहिरिन्छ। स्थानीय उत्पादनले राम्रो बजार पाएको छ। घरघडेरीको मूल्यसँगै वित्तीय संस्थाहरूले लगानी पत्याउन थालेका छन् ।

रोजगारी र अवसरको खोजीमा होस् या अभावका कारण परिवारसहित हुने बसाइँसराइ निरुत्साहित गर्न पनि यो आयोजनाले ठूलो सहयोग गरेको छ । स्थानीय नागरिक रोजगारीमा जोडिएका छन् । स्थानीय पुरुषमात्र नभएर प्रत्येक घरका महिला रोजगारीमा जोडिएका छन् । 

रुकुम पश्चिम, जाजरकोट, दैलेख र अछामको बीचबाट पूर्व-पश्चिम भएर सडक निर्माण भएपछि नेपाल सरकारले तय गरेका एक सय वटा पर्यटकीय गन्तव्यको सूचीमा परेका पर्यटकीय क्षेत्र मध्ये छ वटा गन्तव्यसमेत यस लोकमार्गमा जोडिएका छन् । यसले गर्दा आन्तरिक वा बाह्य पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको छ ।

लोहोरे खोलाबाट जाजरकोट जिल्लाको थलाह बजारसम्म ५२ किलोमिटर सडक कालोपत्र सहित स्तरोन्नति कार्य भइरहेको छ। छ वटा निर्माण कम्पनीको ठेक्का रकम कूल रु दुई अर्ब ६५ करोड रहेको आयोजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताए । 

पुष्पलाल लोक मार्ग योजना कार्यालय दैलेख अन्तर्गत पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, दैलेख र अछाम गरी पाँच जिल्ला यस योजना कार्यालयको कार्यक्षेत्र अन्तर्गत पर्दछ। रुकुमपूर्वकबाट अछामसम्म योजनाको जिम्मेवारीमा रहेको करिब ४४० किलोमिटर सडक आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई गति दिइएको बताइएको छ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  १ : ५१ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले