विवाहको बारेमा बोलिन् पूजा « Khabarhub

विवाहको बारेमा बोलिन् पूजा


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री पूजा शर्माले विवाह आफूले चाहे अनुसार नहुने बताएकी छिन् । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सम्झना बिर्सना’ को प्रचारप्रसारको क्रममा रहेकी पूजाले आफूले विवाहको तयारी गर्दा समेत नभएको बताइन् । ‘मैँले यो मान्छे बाहेक अरूसँग विवाह नै गर्दिन भनेर सोचेको थिएँ । विवाह गर्छु भनेर आफू तयार समेत भएँ। तर, विवाह भएन । त्यसैले विवाह कहिले को सँग हुन्छ भन्ने नै थाहा हुँदैन’ उनले भनिन् ।

हाल युद्ध बनियासँग प्रेम रहेकी पूजाको विवाहको चर्चा बेलाबखतमा हुने गरेको छ । उनले विवाहको तयारी नभएको समेत बताइन्। ‘विवाह हुन्छ तर अहिले कहाँ ? कसरी भन्ने सोचेका छैन । किनकि पहिला पनि सोचियो मात्र, भएन’ पूजाले भनिन् । उनले फिल्मको बारेमा कुरा गर्दै आफूलाई छायांकनमा गएको फिल नै नभएको बताइन् । ‘पारिवारिक माहोल थियो । त्यहाँ छायांकन गरेको जस्तो नै भएन । निर्माताहरुले राम्रोसँग फिल्मको काम गर्नु भयो’ उनले भनिन् । पूजाले ट्राइल शोमा फिल्म हेर्दा आफू भावुक भएको समेत बताइन् ।

‘फिल्म हेर्दा म रोएको थिएँ । फिल्मलाई हामीले इमानदारिताका साथ तयार गरेका छौँ’ उनले भनिन् । फिल्म ‘सम्झना बिर्सना’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा पूजासँगै आकाश श्रेष्ठ , छुल्ठिम गुरुङ, सुनिल थापा लगायतका कलाकारहरू छन् । दार्जिलिङमा छायांकन गरिएको फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन् ।

प्रेम र सामाजिक कथावस्तुमा आधारित फिल्म ‘सम्झना बिर्सना’ बाट पहिलो पटक नेपाली फिल्ममा निर्देशकीय डेब्यु गरेका प्रधान फिल्मले नेपाल र दार्जिलिङलाई जोड्ने सेतु बन्ने बताउँछन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  २ : २५ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले