सारा भन्छिन्,’विजयसँग डेटिङ जान्छु’ « Khabarhub

सारा भन्छिन्,’विजयसँग डेटिङ जान्छु’


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड एक्ट्रेस सारा अलि खान बेला बखतमा आफ्नो अभिव्यक्तिका कारण चर्चामा आउने गर्छिन् । बोल्ने शैली नजान्दा उनी विवादमा आउने गरेकी हुन् । कहिले उनलाई यसले फाइदा गराएको छ भने कहिले घाटा । हालै उनी करण जोहरको च्याट शो ‘कफी विथ करण’ को सातौँ सिजनमा सहभागी भइन् । उनलाई करणले सोधे,’तिम्रो एक्स किन एक्स छ ?’ यसको जवाफमा उनले भनिन्,’किन कि उनी धेरैको एक्स थिए ।’

यो संवाद सहितको शो प्रोमो यति बेला सामाजिक सञ्जालमा निकै हिट छ । यसको विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो प्रतिक्रिया दिइरहेका छन् । साराले आफू डेट जान मन लागेको केटाको रूपमा विजय देवरकोन्डाको नाम लिएकी छिन् । पछिल्लो समय लाइगर फिल्मको रिलिज तयारीमा रहेका विजय ‘अर्जुन रेड्डी’ मार्फत चिनिए ।

साराले यस्तै अभिव्यक्ति केही वर्ष अगाडी दिएकी थिइन् । उक्त समयमा उनले कार्तिक आर्यनको नाम लिएकी थिइन् । त्यसपछि उनी कार्तिकसँग प्रेममा रहेको खबरहरू आएका थिए । साराले यस पटक बोलेको संवादले पनि उनलाई चर्चा र विवादमा ल्याउने  लगभग तय छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ४ : ३१ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका