सारा भन्छिन्,’विजयसँग डेटिङ जान्छु’ « Khabarhub

सारा भन्छिन्,’विजयसँग डेटिङ जान्छु’


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड एक्ट्रेस सारा अलि खान बेला बखतमा आफ्नो अभिव्यक्तिका कारण चर्चामा आउने गर्छिन् । बोल्ने शैली नजान्दा उनी विवादमा आउने गरेकी हुन् । कहिले उनलाई यसले फाइदा गराएको छ भने कहिले घाटा । हालै उनी करण जोहरको च्याट शो ‘कफी विथ करण’ को सातौँ सिजनमा सहभागी भइन् । उनलाई करणले सोधे,’तिम्रो एक्स किन एक्स छ ?’ यसको जवाफमा उनले भनिन्,’किन कि उनी धेरैको एक्स थिए ।’

यो संवाद सहितको शो प्रोमो यति बेला सामाजिक सञ्जालमा निकै हिट छ । यसको विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो प्रतिक्रिया दिइरहेका छन् । साराले आफू डेट जान मन लागेको केटाको रूपमा विजय देवरकोन्डाको नाम लिएकी छिन् । पछिल्लो समय लाइगर फिल्मको रिलिज तयारीमा रहेका विजय ‘अर्जुन रेड्डी’ मार्फत चिनिए ।

साराले यस्तै अभिव्यक्ति केही वर्ष अगाडी दिएकी थिइन् । उक्त समयमा उनले कार्तिक आर्यनको नाम लिएकी थिइन् । त्यसपछि उनी कार्तिकसँग प्रेममा रहेको खबरहरू आएका थिए । साराले यस पटक बोलेको संवादले पनि उनलाई चर्चा र विवादमा ल्याउने  लगभग तय छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ४ : ३१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा