इस्लामावादमा आपराधिक घटना बढ्दै « Khabarhub

इस्लामावादमा आपराधिक घटना बढ्दै


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको राजधानी इस्लामावादका सडकमा आपराधिक प्रवृत्तिका घटनामा वृद्धि हुन थालेको पाइएको छ । राजधानी सहरमा लुटपाट, चारी र डकैतीको घटनामा उल्लेख्य वृद्धि भएको पाइएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार इस्लामावादमा मात्रै यो वर्षको पहिलो ५ महिनामा ५ हजार ४ सय ६६ वटा अपराधका उजुरी दर्ता भएका छन् ।

अघिल्लो वर्षको यही अवधिमा केबल १ हजार ९ सय ३४ वटा अपराधका घटना दर्ता भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

यीमध्ये इस्लामावादमा १ हजार ४८ वटा लुटपाटका घटना दर्ता गरिएका छन् । अघिल्लो वर्षको यही अवधिमा इस्लामावादमा केबल ३९९ वटा मात्रै लुटपाटका घटना दर्ता गरिएका थिए ।

यसबाहेक यही अवधिमा इस्लामावादमा ७५ वटा हत्या, १४६ वटा हत्या प्रयासको उजुरी पनि दर्ता गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ४ : ३४ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र