उपसभामुखमा कांग्रेसकी भुसाल र एमालेकी भट्टराईको उम्मेदवारी « Khabarhub

उपसभामुखमा कांग्रेसकी भुसाल र एमालेकी भट्टराईको उम्मेदवारी


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदै छ । गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ ।

एमालेको तर्फबाट सांसद विद्या भट्टराईले बानेश्वरस्थित संसद् भवनमा पुगेर मनोनयन दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहेका छन्। यसअघि एमालेले साना दलहरुले अघि सारेका उम्मेद्वारहरुलाई सघाउने तयारी गरेको थियो । जसमा लोसपाकी चन्दा चौधरीको नाम अगाडि आएको थियो । तर, अब भने कांग्रेसकी भुसाल र एमालेकी भट्टराईबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यस्तै भुसालले संघीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उपसभामुखको उम्मेदवारी दर्ता गराएकी हुन् ।सो उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक छन्।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ५ : ५५ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी