१३ व्यावसायिक फर्मको बैंक खाता रोक्का « Khabarhub

१३ व्यावसायिक फर्मको बैंक खाता रोक्का


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बैंक खाता रोक्का गरी कारबाही गरेकाे छ । लिखित तथा मौखिकरूपमा पटक–पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख मोहलाल जिसीले जानकारी दिए ।

यसरी बैंक खाता रोक्का गरिएकामध्ये आयकर बक्यौतातर्फ सातवटा व्यावसायिक फर्म र मूल्य अभिवृद्धिकर बक्यौता तर्फका छ वटा  व्यावसायिक फर्म रहेको उनले बताए । कारबाहीमा परेका र राजस्व नबुझाएकाले बैंकिङ कारोबार गर्न नपाउने उक्त कार्यालयले जनाएको छ । यसैगरी चालु आर्थिक वर्ष २०७८/७९मा तोकिएको लक्ष्यभन्दा अत्यधिक राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।  प्रमुख जिसीका अनुसार कार्यालयको विभिन्न शीर्षकमा रु पाँच अर्ब ७० करोड आठ लाख ५२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा  छ अर्ब चार करोड ७८ लाख राजस्व सङ्कलन भएको छ । 

कार्यालयबाट प्राप्त विवरणअनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असार ३० गते सम्ममा आय करतर्फ एक अर्ब ११ करोड ४२ लाख ७३ हजार, घरबहाल करतर्फ दुई करोड ७६ लाख ७२ हजार ,ब्याजकरतर्फ पाँच करोड  छ लाख ४२ हजार, मूल्यअभिवृद्धि करतर्फ ९९ करोड ३६ लाख ९७ हजार, अन्तशुल्क करतर्फ तीन अर्ब २४ करोड ७१ लाख ८८ हजार र स्वास्थ्य करतर्फ ६१ करोड ४३ लाख १० हजार राजस्व सङ्कलन भएको जनाइएको छ ।

सो अवधिमा कार्यालयको आयकरतर्फ एक अर्ब १२ करोड ९४ लाख ११ हजार, घरबहाल करतर्फ तीन करोड ५३ लाख ७८ हजार, ब्याज करतर्फ छ करोड ४० लाख, मूल्यअभिवृद्धि करतर्फ एक अर्ब ३३ करोड ४२ लाख, अन्तशुल्क करतर्फ दुई अर्ब ९८  करोड ८६ लाख ३६ हजार र स्वास्थ्य करतर्फ १४ करोड ९२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको बताइएको थियो ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ५ : ३८ बजे

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा

बालकल्याण माविमा हुवावे स्मार्ट कक्षा हस्तान्तरण, डिजिटल शिक्षामा नयाँ पहल

लमजुङ- लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको