काठमाडौँ– कोरोना र मङ्कीपक्सको सङ्क्रमणका कारण आजित भएको समयमा अमेरिकाका केही स्वास्थ्य अधिकारीको खुलासाले थप चिन्ता थपिएको छ ।
अहिले अमेरिकामा पत्ता नलागेका तथा पुष्टि नभएका सयौँ तथा हजारौँ पोलियोको बिरामी हुन सक्ने आशङ्का थपिएको हो । न्युयोर्कको रकल्यान्डमा भ्याक्सिन नलगाएको एक व्यक्तिलाई प्यारालाइसिस भएपछि यो तथ्य बाहिर आएको हो ।
उनको शरीरमा जेरुसेलम र लन्डनमा जस्तै पोलियो भाइरसको सङ्क्रमण भएको जनाइएको छ । अमेरिकामा देखिएको यो समस्यासँगै विकसित देशमा भ्याक्सिनेसनको मात्रा बढाउन दबाव सुरु भएको छ । रकल्यान्ड काउन्टीकी स्वास्थ्य कमिस्नर प्याट्रिसिया स्चानाबल रुपर्ट त्यस क्षेत्रमा पोलियो भाइरसको सङ्क्रमण भित्रभित्रै फैलिइरहेको त छैन भन्ने चिन्ताले ग्रसित छिन् ।
‘प्यालाइटिक केसलाई हेर्ने हो भने यो एउटा मात्र हो भन्ने छैन । पोलियोमा प्यारालाइसिस दर १ प्रतिशत भन्दा कम छ,’ उनले भनिन् ।
पोलियोमा धेरै केसहरू लक्षण नै देखिएका छैनन् । अथवा सामान्य लक्षण देखिएका छन् । यसैकारण उनी त्यस क्षेत्रमा मात्र सयौँ अथवा हजारौँ पोलियो केस हुन सक्ने सम्भावना व्यक्त गर्छिन् । ‘यो हाम्रो मात्र होइन, सिङ्गो संसारको चिन्ता हो । यस कारण हामी सबैले भ्याक्सिन लगाउन अति जरुरी छ,’ उनले भनिन् ।
ती प्यारालाइसिस भएको व्यक्तिमा भेटिएको पोलियो ‘भ्याक्सिन डेराइभ्ड पोलियो’ हो । भ्याक्सिनमा प्रयोग हुने भाइरस नै म्युटेसन भएर कमजोर स्वास्थ्य अवस्था भएका भ्याक्सिन नलगाएका व्यक्तिमा यो सर्न सक्छ ।
अमेरिका र धेरै विकसित देशले पछिल्लो समय नयाँ स्वरूपको भ्याक्सिन प्रयोग गर्न थालेका छन् । यसमा कुनै जीवित भाइरस हुँदैन ।
अहिले त्यहाँ यस किसिमको रोग देखिनुको मतलब हो कि भ्याक्सिन नलगाएका धेरे जनामा यसको सङ्क्रमण बढ्दै गएको छ । यसको वास्तविक स्वरूप (वाइल्ड पोलियो) भन्दा भ्याक्सिन डेराइभ्ड पोलियो कमजोर हुन्छ । तर, यसले हामीलाई दुख दिँदैन भन्ने चाहिँ होइन ।
यो भाइरसले हाम्रो रक्त सञ्चार प्रणालीमा पहिलो आक्रमण गर्छ । त्यसपछि हाम्रो मस्तिष्कमा नै यसले धेरै असर गर्छ । यसले प्यारालाइसिसको समस्या उत्पन्न हुन सक्छ । सामान्यतया यो समस्या गोडामा उत्पन्न हुन्छ । यसले मस्तिष्कको मांसपेशीमा असर गरेमा ज्यान नै जाने जोखिम पनि हुन सक्छ ।
अमेरिका र धेरै विकसित देशले पछिल्लो समय नयाँ स्वरूपको भ्याक्सिन प्रयोग गर्न थालेका छन् । यसमा कुनै जीवित भाइरस हुँदैन । डा. रुपर्ट त यसअघि उनले कहिले पनि आफ्नो जीवनमा अमेरिकामा पोलियो देख्नुपर्छ भन्ने कल्पना समेत नगरेको बताउँछिन् ।
रकल्यान्ड जस्तो केही स्थानमा भ्याक्सिन कमलाई दिइएको छ । त्यहाँ ६० प्रतिशत मात्र भ्याक्सिन लगाएका मानिस हुनसक्ने अनुमान गरिएको छ । सन् २०१८ मा त्यसै स्थानमा दादुरा पनि फैलिएको थियो । अहिले त्यहाँ तल्लो तहदेखि नै बच्चालाई पोलियो को भ्याक्सिन लगाउन प्रेरित गरिएको छ ।
बेलायतमा पनि पोलियो भाइरस फेला परेपछि सावधानी अपनाइएको छ । बेलायती स्वास्थ्य निकायले केही समयपछि यसबारे जानकारी गराउने अपेक्षा गरिएको छ ।
अमेरिकामै पनि सन् १९४० को दशकको अन्त्यमा पोलियोको दर एकाएक बढेको थियो । प्रत्येक वर्ष ३५ हजारभन्दा बढी सङ्क्रमित हुने गरेका थिए ।
गृष्म ऋतुमा यो धेरै फैलने गरेका कारण अभिभावक आफ्ना छोरा छोरीलाई बाहिर घुमाउन या घरबाहिर पठाउन पनि डराउँथे । थुप्रै यातायात र बजार पनि त्यस समयमा बन्द गर्नुपरेको थियो । त्यस समयमा पनि पोलियो हुनेहरूलाई क्वारेनटाइनमा राख्ने गरिएको थियो ।
सन् १९७९ देख पोलियो को वास्तविक स्वरूप ‘वाइल्ड पोलियो भाइरस’ अमेरिकामा उत्पन्न हुन छाडेको थियो । सन् १९९३ मा अन्य देशबाट गएका व्यक्तिमा यो भाइरस देखा परेको थियो ।
सन् १९५० देखि १९६० को बीचमा नै भ्याक्सिन प्रयोग गरेर प्रयास विकसित देशमा यसलाई निर्मूल नै पारिएको थियो ।
कुनै समय पोलियो भाइरस संसारको सबैभन्दा ठूलो समस्या बनेको थियो । भ्याक्सिनको विकास भएसँगै यसको अन्त्य त भएको छैन । तर, लामो समयको असर पनि देखिएको छैन । गत वर्ष ताजकिस्तानमा पनि पोलियो को असर देखिएको थियो ।
सन् २०२१ को जनवरीमा ताजकिस्तानमा यसको असर देखिएको थियो । १५ अप्रिल २०२२ मा त ताजकिस्तानमा पोलियो भाइरसको सङ्क्रमण निर्मूल नै भइसकेको थियो ।
त्यस समयमा ३४ जनालाई प्यारालाइसिसको लक्षणसहित तथा २६ जनामा विना कुनै लक्षण पोलियो भाइरसको सङ्क्रमण देखिएको थियो । ताजकिस्तानमा पनि युरोपबाट आएका पर्यटकबाट सरेको अनुमान गरिएको थियो । तथापि त्यो अनुमान पुष्टि नै हुने खालको कुनै आधार भने देखिएन ।
त्यस समयमा ताजकिस्तानमा पोलियो रोक्नका लागि ‘एनओपीभीटू’ नामक भ्याक्सिन प्रयोग गरिएको थियो । त्यस समयमा ‘सीभीडीपीभीटूएस’ नामको पोलियो फैलिएको थियो र यसलाई रोक्नका लागि पूर्ण रूपमा सफल भएको थियो । यो भ्याक्सिनलाई औपचारिक रूपमा त्यसै समयमा प्रयोग गरिएको थियो ।
बीसौँ शताब्दीको सुरुवातमा औद्योगिक देशमा पोलियो सबैभन्दा घातक रोगका रूपमा परिचित थियो । बर्सेनी हजारौँ या सयौँ व्यक्तिलाई यसले अपांग बनाउने गरेको थियो । सन् १९५० देखि १९६० को बीचमा नै भ्याक्सिन प्रयोग गरेर प्रयास विकसित देशमा यसलाई निर्मूल नै पारिएको थियो ।
विकासोन्मुख देशमा भने ७० र ८० को दशकमा पनि पोलियोसँग सङ्घर्ष गरिरहनु परेको थियो । सन् १९८५ मा रोटरी इन्टरनेसनलले पोलियो को विरुद्धमा संसारमा बालबच्चालाई भ्याक्सिन लगाउने योजना नै चलाएको थियो । यसैलाई सन् १९८५ मा ग्लोबल पोलियो इरेडिकेसन इनिसेटिभ (जीपीईआई)को नामकरण गरियो ।
दुई डोज लगाउनेहरू ९० प्रतिशतभन्दा बढी सुरक्षित पाइएका छन् भने तीन डोज लगाउने ९९ देखि १०० प्रतिशतको बीचमा सुरक्षित पाइएका छन् । यसको प्रभाव सधैका लागि रहनेछ ।
जीपीईआईको सुरुवात हुनु अगाडिसम्म पोलियोले संसारभर दैनिक १ हजारभन्दा बढी बच्चालाई अपाङ्ग बनाउने गरेको थियो । यसै कार्यक्रम अन्तर्गत संसारमा २ सय देशमा २ करोड स्वयंसेवक परिचालन गरेर यो रोगलाई निर्मूल पारिएको हो । यसपछि पोलियोको सङ्क्रमण ९९ प्रतिशतले कमी आएको हो ।
त्यसपछि वाइल्ड पोलियो भाइरसको टाइप टु अन्तिम स्ट्रेन सन् १९९९ मा देखिएको थियो । त्यो स्ट्रेन पनि सन् २०१५ को सेप्टेम्बरमा समाप्त भएको थियो । टाइप थ्री स्ट्रेन २०१२ को नोभेम्बरमा पहिलोपटक देखिएको थियो । यो स्ट्रेन २०१९ को अक्टोबरमा निर्मूल भएको हो । अहिले संसारमा वाइल्ड पोलियो को असर अझै देखिएको छैन ।
परीक्षण भएर पुष्टि नै भएका डेराइभ्ड पोलियाको सङ्ख्या भने संसारमा एकदमै कम छ । सन् २०२० मा संसार भरी ९५९ यस्ता केस देखा परेका थिए । डेराइभ्ड पोलियोको मुख्य कारण नै भ्याक्सिन हो भने समाधान पनि भ्याक्सिन नै हो ।
मतलब भ्याक्सिन हामीले एक व्यक्तिलाई दिए पनि यसको असर अन्य भ्याक्सिन नलगाएको मानिसलाई हुन सक्छ । यस कारण सबैले भ्याक्सिन लगाउने हो भने डेराइभ्ड पोलियो स्वतः अन्त्य हुन्छ ।
पोलियो भ्याक्सिन बनाउन कम्तीको मेहनत भने परेको थिएन । दशकौँ लामो मेहनतपछि यो भ्याक्सिन तयार भएको हो । सन् १९५० को दशक यता हरेक वर्ष र हरेक दिन यसमा काम भइरहेको छ । अहिले यो एकदमै भरपर्दो मानिएको छ ।
दुई डोज लगाउनेहरू ९० प्रतिशतभन्दा बढी सुरक्षित पाइएका छन् भने तीन डोज लगाउने ९९ देखि १०० प्रतिशतको बीचमा सुरक्षित पाइएका छन् । यसको प्रभाव सधैका लागि रहनेछ ।
अहिले संसारका धेरै देशमा पोलियोको भ्याक्सिन दिइएको छ । पश्चिम अफ्रिकाका केही देशमा अझै पनि यसको समस्या छ । अन्य देशमा पनि ‘वाइल्ड पोलियो’ को त असर छैन । तर डेराइभ्ड पोलियोबाट बच्न सबैले भ्याक्सिन लगाउन जरुरी ठानिएको छ ।
(बीबीसी, सीडीसी,डब्लुएचओ,पोलियो इराडीकेसनका रिपोर्टमा आधारित)
प्रतिक्रिया