विकसित देशमा पोलियोको डर | Khabarhub Khabarhub

विकसित देशमा पोलियोको डर


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना र मङ्कीपक्सको सङ्क्रमणका कारण आजित भएको समयमा अमेरिकाका केही स्वास्थ्य अधिकारीको खुलासाले थप चिन्ता थपिएको छ ।

अहिले अमेरिकामा पत्ता नलागेका तथा पुष्टि नभएका सयौँ तथा हजारौँ पोलियोको बिरामी हुन सक्ने आशङ्का थपिएको हो । न्युयोर्कको रकल्यान्डमा भ्याक्सिन नलगाएको एक व्यक्तिलाई प्यारालाइसिस भएपछि यो तथ्य बाहिर आएको हो ।

उनको शरीरमा जेरुसेलम र लन्डनमा जस्तै पोलियो भाइरसको सङ्क्रमण भएको जनाइएको छ । अमेरिकामा देखिएको यो समस्यासँगै विकसित देशमा भ्याक्सिनेसनको मात्रा बढाउन दबाव सुरु भएको छ । रकल्यान्ड काउन्टीकी स्वास्थ्य कमिस्नर प्याट्रिसिया स्चानाबल रुपर्ट त्यस क्षेत्रमा पोलियो भाइरसको सङ्क्रमण भित्रभित्रै फैलिइरहेको त छैन भन्ने चिन्ताले ग्रसित छिन् ।

‘प्यालाइटिक केसलाई हेर्ने हो भने यो एउटा मात्र हो भन्ने छैन । पोलियोमा प्यारालाइसिस दर १ प्रतिशत भन्दा कम छ,’ उनले भनिन् ।

पोलियोमा धेरै केसहरू लक्षण नै देखिएका छैनन् । अथवा सामान्य लक्षण देखिएका छन् । यसैकारण उनी त्यस क्षेत्रमा मात्र सयौँ अथवा हजारौँ पोलियो केस हुन सक्ने सम्भावना व्यक्त गर्छिन् । ‘यो हाम्रो मात्र होइन, सिङ्गो संसारको चिन्ता हो । यस कारण हामी सबैले भ्याक्सिन लगाउन अति जरुरी छ,’ उनले भनिन् ।

ती प्यारालाइसिस भएको व्यक्तिमा भेटिएको पोलियो ‘भ्याक्सिन डेराइभ्ड पोलियो’ हो । भ्याक्सिनमा प्रयोग हुने भाइरस नै म्युटेसन भएर कमजोर स्वास्थ्य अवस्था भएका भ्याक्सिन नलगाएका व्यक्तिमा यो सर्न सक्छ ।

अमेरिका र धेरै विकसित देशले पछिल्लो समय नयाँ स्वरूपको भ्याक्सिन प्रयोग गर्न थालेका छन् । यसमा कुनै जीवित भाइरस हुँदैन ।

अहिले त्यहाँ यस किसिमको रोग देखिनुको मतलब हो कि भ्याक्सिन नलगाएका धेरे जनामा यसको सङ्क्रमण बढ्दै गएको छ । यसको वास्तविक स्वरूप (वाइल्ड पोलियो)  भन्दा भ्याक्सिन डेराइभ्ड पोलियो कमजोर हुन्छ । तर, यसले हामीलाई दुख दिँदैन भन्ने चाहिँ होइन ।

यो भाइरसले हाम्रो रक्त सञ्चार प्रणालीमा पहिलो आक्रमण गर्छ । त्यसपछि हाम्रो मस्तिष्कमा नै यसले धेरै असर गर्छ । यसले प्यारालाइसिसको समस्या उत्पन्न हुन सक्छ । सामान्यतया यो समस्या गोडामा उत्पन्न हुन्छ । यसले मस्तिष्कको मांसपेशीमा असर गरेमा ज्यान नै जाने जोखिम पनि हुन सक्छ ।

अमेरिका र धेरै विकसित देशले पछिल्लो समय नयाँ स्वरूपको भ्याक्सिन प्रयोग गर्न थालेका छन् । यसमा कुनै जीवित भाइरस हुँदैन । डा. रुपर्ट त यसअघि उनले कहिले पनि आफ्नो जीवनमा अमेरिकामा पोलियो देख्नुपर्छ भन्ने कल्पना समेत नगरेको बताउँछिन् ।

रकल्यान्ड जस्तो केही स्थानमा भ्याक्सिन कमलाई दिइएको छ । त्यहाँ ६० प्रतिशत मात्र भ्याक्सिन लगाएका मानिस हुनसक्ने अनुमान गरिएको छ । सन् २०१८ मा त्यसै स्थानमा दादुरा पनि फैलिएको थियो । अहिले त्यहाँ तल्लो तहदेखि नै बच्चालाई पोलियो को भ्याक्सिन लगाउन प्रेरित गरिएको छ ।

बेलायतमा पनि पोलियो भाइरस फेला परेपछि सावधानी अपनाइएको छ । बेलायती स्वास्थ्य निकायले केही समयपछि यसबारे जानकारी गराउने अपेक्षा गरिएको छ ।

अमेरिकामै पनि सन् १९४० को दशकको अन्त्यमा पोलियोको दर एकाएक बढेको थियो । प्रत्येक वर्ष ३५ हजारभन्दा बढी सङ्क्रमित हुने गरेका थिए ।

गृष्म ऋतुमा यो धेरै फैलने गरेका कारण अभिभावक आफ्ना छोरा छोरीलाई बाहिर घुमाउन या घरबाहिर पठाउन पनि डराउँथे । थुप्रै यातायात र बजार पनि त्यस समयमा बन्द गर्नुपरेको थियो । त्यस समयमा पनि पोलियो हुनेहरूलाई क्वारेनटाइनमा राख्ने गरिएको थियो ।

सन् १९७९ देख पोलियो को वास्तविक स्वरूप ‘वाइल्ड पोलियो भाइरस’ अमेरिकामा उत्पन्न हुन छाडेको थियो । सन् १९९३ मा अन्य देशबाट गएका व्यक्तिमा यो भाइरस देखा परेको थियो ।

सन् १९५० देखि १९६० को बीचमा नै भ्याक्सिन प्रयोग गरेर प्रयास विकसित देशमा यसलाई निर्मूल नै पारिएको थियो ।

कुनै समय पोलियो भाइरस संसारको सबैभन्दा ठूलो समस्या बनेको थियो । भ्याक्सिनको विकास भएसँगै  यसको अन्त्य त भएको छैन । तर, लामो समयको असर पनि देखिएको छैन । गत वर्ष ताजकिस्तानमा पनि पोलियो को असर देखिएको थियो ।

सन् २०२१ को जनवरीमा ताजकिस्तानमा यसको असर देखिएको थियो । १५ अप्रिल २०२२ मा त ताजकिस्तानमा पोलियो भाइरसको सङ्क्रमण निर्मूल नै भइसकेको थियो ।

त्यस समयमा ३४ जनालाई प्यारालाइसिसको लक्षणसहित तथा २६ जनामा विना कुनै लक्षण पोलियो भाइरसको सङ्क्रमण देखिएको थियो ।  ताजकिस्तानमा पनि युरोपबाट आएका पर्यटकबाट सरेको अनुमान गरिएको थियो । तथापि त्यो अनुमान पुष्टि नै हुने खालको कुनै आधार भने देखिएन ।

त्यस समयमा ताजकिस्तानमा पोलियो रोक्नका लागि ‘एनओपीभीटू’ नामक भ्याक्सिन प्रयोग गरिएको थियो । त्यस समयमा ‘सीभीडीपीभीटूएस’ नामको पोलियो फैलिएको थियो र यसलाई रोक्नका लागि पूर्ण रूपमा सफल भएको थियो । यो भ्याक्सिनलाई औपचारिक रूपमा त्यसै समयमा प्रयोग गरिएको थियो ।

बीसौँ शताब्दीको सुरुवातमा औद्योगिक देशमा पोलियो सबैभन्दा घातक रोगका रूपमा परिचित थियो । बर्सेनी हजारौँ या सयौँ व्यक्तिलाई यसले अपांग बनाउने गरेको थियो । सन् १९५० देखि १९६० को बीचमा नै भ्याक्सिन प्रयोग गरेर प्रयास विकसित देशमा यसलाई निर्मूल नै पारिएको थियो ।

विकासोन्मुख देशमा भने ७० र ८० को दशकमा पनि पोलियोसँग सङ्घर्ष गरिरहनु परेको थियो । सन् १९८५ मा रोटरी इन्टरनेसनलले पोलियो को विरुद्धमा संसारमा बालबच्चालाई भ्याक्सिन लगाउने योजना नै चलाएको थियो । यसैलाई सन् १९८५ मा ग्लोबल पोलियो इरेडिकेसन इनिसेटिभ (जीपीईआई)को नामकरण गरियो ।

दुई डोज लगाउनेहरू ९० प्रतिशतभन्दा बढी सुरक्षित पाइएका छन् भने तीन डोज लगाउने ९९ देखि १०० प्रतिशतको बीचमा सुरक्षित पाइएका छन् । यसको प्रभाव सधैका लागि रहनेछ ।

जीपीईआईको सुरुवात हुनु अगाडिसम्म पोलियोले संसारभर दैनिक १ हजारभन्दा बढी बच्चालाई अपाङ्ग बनाउने गरेको थियो । यसै कार्यक्रम अन्तर्गत संसारमा २ सय देशमा २ करोड स्वयंसेवक परिचालन गरेर यो रोगलाई निर्मूल पारिएको हो । यसपछि पोलियोको सङ्क्रमण ९९ प्रतिशतले कमी आएको हो ।

त्यसपछि वाइल्ड पोलियो भाइरसको टाइप टु अन्तिम स्ट्रेन सन् १९९९ मा देखिएको थियो । त्यो स्ट्रेन पनि सन् २०१५ को सेप्टेम्बरमा समाप्त भएको थियो । टाइप थ्री स्ट्रेन २०१२ को नोभेम्बरमा पहिलोपटक देखिएको थियो । यो स्ट्रेन २०१९ को अक्टोबरमा निर्मूल भएको हो । अहिले संसारमा वाइल्ड पोलियो को असर अझै देखिएको छैन ।

परीक्षण भएर पुष्टि नै भएका डेराइभ्ड पोलियाको सङ्ख्या भने संसारमा एकदमै कम छ । सन् २०२० मा संसार भरी ९५९ यस्ता केस देखा परेका थिए । डेराइभ्ड पोलियोको मुख्य कारण नै भ्याक्सिन हो भने समाधान पनि भ्याक्सिन नै हो ।

मतलब भ्याक्सिन हामीले एक व्यक्तिलाई दिए पनि यसको असर अन्य भ्याक्सिन नलगाएको मानिसलाई हुन सक्छ । यस कारण सबैले भ्याक्सिन लगाउने हो भने डेराइभ्ड पोलियो स्वतः अन्त्य हुन्छ ।

पोलियो भ्याक्सिन बनाउन कम्तीको मेहनत भने परेको थिएन । दशकौँ लामो मेहनतपछि यो भ्याक्सिन तयार भएको हो । सन् १९५० को दशक यता हरेक वर्ष र हरेक दिन यसमा काम भइरहेको छ । अहिले यो एकदमै भरपर्दो मानिएको छ ।

दुई डोज लगाउनेहरू ९० प्रतिशतभन्दा बढी सुरक्षित पाइएका छन् भने तीन डोज लगाउने ९९ देखि १०० प्रतिशतको बीचमा सुरक्षित पाइएका छन् । यसको प्रभाव सधैका लागि रहनेछ ।

अहिले संसारका धेरै देशमा पोलियोको भ्याक्सिन दिइएको छ । पश्चिम अफ्रिकाका केही देशमा अझै पनि यसको समस्या छ । अन्य देशमा पनि ‘वाइल्ड पोलियो’ को त असर छैन । तर डेराइभ्ड पोलियोबाट बच्न सबैले भ्याक्सिन लगाउन जरुरी ठानिएको छ ।

(बीबीसी, सीडीसी,डब्लुएचओ,पोलियो इराडीकेसनका रिपोर्टमा आधारित)

 

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ६ : ३२ बजे

अब ७ घण्टामै मरुभूमिलाई हरियाली बनाउन सकिने

 काठमाडौं– अहिलेको सहारा मरुभूमिमा पहिले ठूला ठूला जङ्गल र घाँसका

लस एन्जलसको आगो निभाउन जहाजबाट छरिएको गुलाबी तरल के हो ?

काठमाडौं– अमेरिकाको लस एन्जलसमा लागेको आगोलाई नियन्त्रण गर्न धेरै विमानहरूले

पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनः निर्माण हुन बाँकी

ललितपुर– विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदा सूचीमा

पोखरामा जस्तै धरौटीको बैंक ग्यारेन्टी मिलेपछि रिहा भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला

राज्यमन्त्री चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो

काठमाडौं- सर्वोच्च अदालतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री एवम्