प्रवासी नेपाली राप्रपाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन « Khabarhub

प्रवासी नेपाली राप्रपाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवासमा पार्टीको जनमत बढाउने गतिविधि गर्न र आगामी निर्वाचनमा स्वदेश आउन प्रवासमा रहेका नेपालीलाई आग्रह गरेका छन् ।

पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली एकता समाज (पानस) को अन्तर्राष्ट्रिय समिति र विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रवासले राप्रपाप्रति भरोसा गरेको र आगामी निर्वाचनमा भरोसालाई भोटमा रूपान्तरण गर्न पार्टीको प्रवासमा रहेका संगठनलाई थप क्रियाशील हुन निर्देशन दिएका छन् ।

‘जनताले यथास्थितिबाट मुक्ति खोजिरहेको बेला राप्रपा भरपर्दो विकल्प बनेर अगाडि बढिरहेको छ, नेपाल आउँदै हुनुहुन्छ भने केही समय पर सार्नुस् र निर्वाचनको बेला नेपाल आउनुस्, चुनावी अभियानमा सहभागी हुनुस्, विदेशमा रहेका नेपालीले राप्रपालाई सहयोग गर्न चाहिरहेका छन् उहाँहरुसँग सम्पर्क बढाउनुस्,’ लिङ्देनले भने ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : ५० बजे

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी