बालेनलाई योगेशको सुझाव : फोहर उठाउन सरकारको हुती छैन, एमालेसँग आउनुस् « Khabarhub

बालेनलाई योगेशको सुझाव : फोहर उठाउन सरकारको हुती छैन, एमालेसँग आउनुस्


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँको फोहर उठाउन सरकारको हुती नभएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा भट्टराईले काठमाडौँमा फोहर नउठेको ७१ दिन हुँदा पनि प्रधानमन्त्रीले कुनै पहल नगरको र मन्त्रीहरू बेखबर रहेको भन्दै फोहर उठाउन सरकारको हुती नभएको बताएका हुन्।

उनले काठमाडौँमा फोहर नउठ्दा हैजा र झाडापखालाको महामारीको खतराका साथै उपत्यकाको सौन्दर्य नै गुम्ने खतरा भएकाले फोहर व्यवस्थापनको ठोस प्रस्ताव लिएर आउन काठमाडौँका मेयर बालेन्द्र शाहलाई सुझाव दिए। वर्तमान सरकारको भरपरे काठमाडौँका मेयर शाह असफल हुने उनको भनाइ छ ।

भट्टराईले एमालेसँग भिजन र दृष्टिकोण रहेकाले काठमाडौँका मेयरलाई सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १२ : ३५ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय