फोहोर व्यवस्थापनमा चुनौती : प्रदेश र केन्द्र सरकारसँग महानगरको गुहार « Khabarhub

फोहोर व्यवस्थापनमा चुनौती : प्रदेश र केन्द्र सरकारसँग महानगरको गुहार


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजधानीमा फोहोर व्यवस्थापन हुन नसक्दा प्रत्येक दिन दुर्गन्ध थपिँदै गएको छ । एकातिर महामारीको संक्रमणकाल छ भने अर्कातिर प्रतिदिन काठमाडौँका मुख्य ठाउँहरूमा जम्मा हुँदै गरेको फोहोरले उपत्यकाको  पर्यावरण नै दुर्गन्धित बन्दै गएको छ ।संसद् भवनकै गेट अगाडि पछाडि तथा कम्पाउण्डमै फोहोरको थुप्राई बढ्दै गएको पाइएको छ ।

फोहोर व्यवस्थापनमा सम्बन्धित निकायलाई चुनौती थपिएको छ भने थुप्रिँदै गएको दुर्गन्धले सडकको छेउछाउमा मानिसहरूको आवागमनमा समेत सास्ती भएको राजधानी बासीहरूले गुनासो गर्ने गरेका छन् ।

पूर्व मेची देखि पश्चिम महाकाली सम्मका मानिसहरूको व्यवसायीक बसोबास तथा जीविकोपार्जन गर्ने मेरुदण्डको रूपमा लिएको काठमाडौँ नै दिनप्रतिदिन प्रदूषित भइरहँदा समेत सरकारले चासो नदेखाएको प्रति विभिन्न सामाजिक अभियान्ताहरु आक्रोशित भएका छन्।

एक समय फोहोरको थुप्रो भित्र आफै पसी व्यवस्थापनमा जुटेका कान्छा अभियन्ता सुदूरपश्चिमका कपिल खनालले पनि सफा काठमाडौँको महाअभियान फेरि थालनी गर्नु पर्ने आवश्यकता औँल्याएका छन् ।यता स्थानीय सरकारको रूपमा रहेको काठमाडौँ महानगरपालिकाले भने फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै प्रदेश र केन्द्रीय सरकारले जिम्मेवारी पूरा गर्नुपर्ने भन्दै गुहार मागी रहेको छ ।

यस्तो अवस्थामा काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनको विषयमा कसरी काम गर्दै छ, फोहोर किन उठ्न सकेन र भोलिका दिनहरूमा नगरपालिकाले कसरी काम गर्छ भन्ने विषयमा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरसँग खबरहबले कुराकानी गर्दा स्थानीय तहसँग भएको बजेट अपुग हुने भन्दै तीन वटै सरकार जिम्मेवार बन्नु पर्ने प्रवक्ता मानन्धरले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ४ : ०७ बजे

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न

गोरखा – उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७

कांग्रेस कर्णालीले सार्वजनिक गर्यो ‘एकताको दश सूत्र’

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीभित्र बृहत्तर एकता

आईपीएल २०२६ : आरसीबी बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा रोयल च्यालेन्जर्स

आईपीएल : वैभव सूर्यवंशी ४६ रनमा आउट, चलेन जैसवालको ब्याट

काठमाडौं – आईपीएल २०२६ को आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्स

ड्रोन आक्रमणपछि यूएईको आणविक केन्द्र बाहिर आगलागी

काठमाडौं – यूएईको अबुधाबीस्थित अल धफरा क्षेत्रमा रहेको बराकाह आणविक